नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा जेठ २२ मा
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार ११:१९:२७
७ जेठ, काठमाडौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको ३५औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले जेठ २२ गते सोमबार सभा आह्वान गरेको हो । कम्पनीका अनुसार २२ गते बिहान १०ः३० मा नेशनल लाईफ भवन केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौँमै साधारणसभा आह्वान गरिएको हो .
इन्स्योरेन्सले सभाको लागि जेठ ११ गते १ दिन बुक क्लोज गर्ने भएको छ। तसर्थ, १० गतेसम्म कम्पनीको शेयर खरिद गर्ने सेयरधनीले मात्रै उक्त सभामा भाग लिन पाउनेछन्।
गत आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन छलफल र पारित गर्ने गत आर्थिक वर्षको वासलात, आय–व्यय हिसाब तथा लेखापरिक्षकको प्रतिवेदन छलफल गरि पारित गर्ने चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सञ्चालक समितिले प्रस्ताव गरेको हाल अद्यावधिक रुपमा कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाखको ६ दशमलव ५ प्रतिशतका दरले ३० करोड लाभांश पारित गर्ने
बोनस शेयर बापतको कर प्रयोजनको लागि १ करोड ९५ लाख ३८ हजार ६ सय ६१ रुपैयाँ नगद लाभांश स्विकृत गर्नेछ ।
बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने कम्पनी ऐन २०६३ को दपफा १०५ (१) ‘ग’ बमोजिम गत आर्थिक वर्षमा भएको खर्च अनुमोदन गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार