आरजुको उजुरीमा साइबर व्यूरोको छानविनः हाइ प्रोफाइल नबोलेरै उन्मुक्ति
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार ११:३५:२२
७ जेठ, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पुनर्वास गराउन आर्थिक कारोबार भएको भन्दै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवालाई चार्ज लागेपनि अहिलेसम्म त्यसको अनुसन्धान हुन सकेको छैन । आरजु मात्र होइन पूर्व गृहमन्त्री बालकृष्ण खाँण पत्नी एवं सांसद मञ्जु खाँणलाई लागेको चार्जले पनि छुट पाएको छ । त्यही छुटका कारण शुक्रबार संसदको बैठकमा मञ्जु खाँण उपस्थित भएकी थिइन । काठमाडाैं प्रहरीकाे ग्रीन सिग्नल पछि उनी निर्धक्क साथ उपस्थित भएकी हुन् । श्रीमान बालकृष्ण खाँणलाई हिरासतमा भेट्न नजाने तर संसदमा भने उनी उपस्थित भएकी थिइन । संसदमा उनको उपस्थितिलाई प्रहरीले छुट दिएको स्पष्ट देखिन्छ ।
हाइप्रोफाइल संलग्न रहेको भन्दै अडियो सार्वजनिक हुँदा पनि उनीहरूमाथि कुनै छानविन नहुनुले मिलेमतोमै छुट दिएको हो कि भन्ने आशंका जन्मिएको छ । भिन्ना भिन्नै रुपमा सार्वजनिक भएका ती अडियोमा कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवा, पूर्व गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँण, वर्तमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमुकमार राई, तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई पैसा दिएको स्पष्ट सुन्न सकिन्छ । त्यो अडियोमा सार्वजनिक भएका नाम मध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भूटानी शरणार्थी टेकनाथ रिजाल लगायतलाई पक्राउ गर्दा पनि अडियोमा मुछिएका हाइप्रोफाइल वाला पात्रले छुट पाएका छन् । प्रहरीले उनीहरूलाई सामान्य सोधपुछ पनि गरेको छैन ।
पक्राउ परेका व्यक्तिहरूको सवालमा प्रमाण जुटाउनका लागि भएपनि प्रहरीले उनीहरूसँग सामान्य सोधपुछ गर्नुपर्नेमा उनीहरूले छुट पाएका छन् । सो अडियो सार्वजनिक भएपछि आरजु राणाले संसदमा आफ्नो बचाउ गर्दै एउटी महिलाले राजनीतिमा गरेको प्रगतिबारे देखी नसहेको बताएकी थिइन । उनले विभिन्न विद्युतीय सञ्चारमाध्यममा प्रायाेजित अन्तर्वार्ता दिएकी थिइन । त्यति मात्र होइन भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा बाहिरिएको अडियोको सत्य तथ्य जाँच गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा समेत उनले उजुरी दिएकी थिइन । वैशाख २७ गते बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोमा लिखित उजुरी दिँदै उनले अडिओको सत्य तथ्य तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाहीको माग गरेकी थिइन । ‘विभिन्न सञ्चारमाध्यममा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् ? उक्त अडिओबारे अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडा भन्दा कडा कारबाही होस्,’ उजुरीमा भनिएको थियो । तर प्रहरीले यो विषयमा खासै प्रकृया अघि बढाएको छैन ।
साइबर ब्यूरोमा उजुरी गरेको एक साताभन्दा बढी भएपनि ब्यूरोले त्यो अडियो कसले कहाँबाट कसरी सार्वजनिक भयो भन्ने बारेमा केही पत्ता लगाउन सकेको छैन । आरजुको माग पनि त्यही थियो–त्यो अडियो कसले कुन प्रयोजनका लागि र कहाँबाट प्रसारण गरिएको हो, त्यसको प्राविधिक अनुसन्धान गरि पाउ । तर प्रहरीले प्राविधिक अनुसन्धान गरेपनि त्यसको परिणाम दिन सकेको छैन । साइबर ब्यूरोका प्रवक्ता एसपी पशुपति रायले त्यो उजुरीबारे ब्यूरोले अनुसन्धान गरिरहेको बताए । उनले प्राविधिक पक्षको मात्रै अनुसन्धान गर्ने भएकाले अडियोमा आएका नाम र तथ्यबारे भने काठमाडौं परिसरले अनुसन्धान गरिरहेको बताए ।
‘हामीले प्राविधिक पक्षको मात्रै अनुसन्धान गरिरहेका छौ, केही समय लाग्छ त्यो अडियो कसले कहाँबाट प्रसारण गरेको हो भन्ने पक्षलाई ध्यान दिएर अनुसन्धान गरिरहेका छौ’, एसपी रायले भने । तर अन्य व्यक्तिहरूले भने त्यसरी अडियो परीक्षणका लागि साइबर ब्यूरोलाई उजुरी गरेको पनि पाइएको छैन । नत सार्वजनिक रुपमा खण्डन नै गरेका छन् । रामबहादुर थापाका छोरा प्रतीक थापाका विरुद्ध पक्राउ पुर्जी जारी हुँदा पनि उनले एक शब्द कतै बोलेका छैनन् । साथै प्रेम राईले पनि यो विषयमा औपचारिक खण्डन गरेका छैनन् भने मञ्जु खाँण केही समय बेपत्ता जस्तै भइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
गुलसनले लिए यूएईको दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
नेपाललाई पहिलो सफलता, सोमपालले लियो पहिलो विकेट
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो - सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम नगर्नु
बैशाख ७, २०८१ शुक्रबार
मनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार