पत्रकारको न्यूनतम पारिश्रमिक बढाएर ३४ हजार बनाउन सिफारिस
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १२:९:५१
७ जेठ, काठमाडौं । पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउन न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकारलाई सिफारिस गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार १ सय २५ बनाउन सिफारिस गरिएको हो ।
मन्त्री शर्माले यो प्रस्तावलाई मन्त्रिपरिषद् बैठकमा लाने बताएकी छिन् । ‘मन्त्रालयमा आन्तरिक छलफलल गरेर यो प्रस्तावलाई मन्त्रिपरिषद्मा लैजान्छु,’ मन्त्री शर्माको भनाई उदृत गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका एक सदस्यले बताए ।
यदि मन्त्रिपरिषद्बाट पारित भए आगामी आर्थिक वर्षदेखि उक्त सिफारिस अनुसार पारिश्रमिक तोकिनेछ । यसअघि पत्रकारको न्युनतम पारिश्रमिक २४ हजार ३७५ तोकिएको थियो ।
श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलबमान (आधारभूत तलब) पछिल्लो तलबमा ४० प्रतिशतका दरले वृद्धिका लागि सिफारिस गरिएको समितिले जनाएको छ ।
यस्तै, सहायक संवददाताको ३४ हजार १ सय २५, संवाददाता, फोटो पत्रकार, प्रेस प्रतिनिधिको ३७ हजार ५ सय ३८, वरिष्ठ संवाददाता, भाषा सम्पादक, सहायक सम्पादकको ४० हजार ९००, उपसम्पादकको ४३ हजार २ सय ७२, वरिष्ठ भाषा सम्पादक, वरिष्ठ फोटो पत्रकारको ४५ हजार ३०० र प्रमुख समाचारदाता, समाचार संयोजक, समाचार सम्पादक, श्रब्य, दृश्य, फोटो सम्पादकको ४८ हजार, सहसम्पादकको ५० हजार ४०० न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
चितवन कांग्रेसले पुःन सुरु गर्यो १०० दिने अभियान
मंसिर १, २०८१ शनिबार
कर दिवसमा विभिन्न कार्यालयका १० कर्मचारी सम्मानित
मंसिर १, २०८१ शनिबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार