सरकारको नीति तथा कार्यक्रम दिशाहीन छः ओली
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १२:५४:४८
७ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमले मुलुकलाई दिशाहीन बनाएको बताएका छन् । नीति तथा कार्यक्रम उत्साहजनक नरहेको उनको टिप्पणी छ । आइतबार प्रतिनिधिसभामा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति उनले कटाक्ष गरेका छन् ।
अध्यक्ष ओलीले सर्वसाधारणले उपभोग गर्ने सामग्रीको मूल्य १५ देखि २५ प्रतिशतसम्म वृद्धि भएको बताए । निर्यात २६ प्रतिशतले घटेको र आयात १८ प्रतिशतले घट्दा विकास निर्माणका सामग्री, औद्योगिक कच्चा पदार्थ, विद्युत् तथा सञ्चार उपकरण, कृषि उपकरण, निर्यात गरिने कच्चा पदार्थका सामग्री अभाव हुन थालेको अवस्थामा नीति कार्यक्रमले लक्ष्य नलिएको बताए ।
तरलताको अभाव, उच्च ब्याजदर, ऋण नतिर्नेलाई राजनीतिक संरक्षण, व्यवसायीको खस्केको मनोबल लगायतका यथार्थहरूलाई संबोधन गर्ने गरी नीति तथा कार्यक्रम नआएको उनको भनाइ छ । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम उच्च आर्थिक वृद्धि हासिल गर्ने कुनै योजना नै नभएको अध्यक्ष ओलीको दावी छ । आधुनिक पूर्वाधार निर्माणका कार्यहरू तीव्र गतिमा अघि बढाउने उत्साह नै नभएको टिप्पणी गरे ।
ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाएको दुई महिना नपुग्दै मुटु प्रत्यारोपण गर्न लागेको बताए । उनले पुस १० गते एमालेको पहलकदमीमा विभिन्न दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले दुई महिना नपुग्दै मुटु प्रत्यारोपण गर्नतिर लागेको बताए । उनले अहिले सरकारको मुटु प्रत्यारोपण भइसकेको भन्दै नीति तथा कार्यक्रममा समर्थन जनाउन आफूले नीति तथा कार्यक्रम सुनेको बताए ।
‘दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो । मुटु प्रत्यारोपण भइसकेको भए पनि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने विशाल हृदयका साथ मैले नीति तथा कार्यक्रम नामक दस्तावेज सुनेँ र पढेँ,’ ओलीले भने । ओलीले राजस्व संकलनका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहारेको भन्दै आपत्ति जनाए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १ गते कूटनीतिक समुदायलाई गरेको ‘ब्रिफिङ’मा राजस्व संकलन गर्न कठिनाइ भएको बताएको भन्दै असन्तुष्टि जनाए ।
उनले सरकार आफ्नो प्रारम्भिक कार्यक्रममै असफल भएको टिप्पणी गरे । नीति तथा कार्यक्रम असफल दस्तावेज भएको ओलीको आरोप छ । ओलीले कालापानी क्षेत्रको अवस्थाका बारेमा सरकारसँग प्रश्न गरे । ओलीले अहिले सम्बोधन गरिरहेका छन् । उनले सम्बोधनको क्रममा भने, “कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ? देशको सीमाको बारेमा बोल्दा फाँसी किन नदिइएको भनेर टीभीले भन्यो ? अझ दुर्भाग्यपूर्ण त के छ भने देश असामान्य अवस्थामा पुगेको यथार्थलाई सरकारले लुकाउन खोजेको छ । लुकाउन मात्र हैन रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार