जनताको दुःखको कारण बन्यो सत्ता गठबन्धन: ओली
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १३:९:४
७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धन देश र जनताको लागि दुःखको कारण भएर आएको बताएका छन् । सरकारसँग अर्थतन्त्रलाई वृद्धि गर्ने कुनै योजना नभएको र खासमा सरकारसँग कुनै नीति नै नभएको उनको भनाइ छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले अर्थतन्त्र ध्वस्त वर्तमान सत्ता गठबन्धनका कारण भएको बताए । उनले ेशलाई ओह्रालो ल्याउनका लागि, अर्थतन्त्रलाई ध्वस्त बनाउनका लागि यो गठबन्धन बनेको बताए । उनले यो गठबन्धन देश र जनताका लागि बनाएको कि देश र जनतालाई कष्ट दिनका लागि बनाएको र दुःखको कारण भएको दोहोर्याए ।
ओलीले वर्तमान गठबन्धन नै अर्थतन्त्रको संकटको कारक भएको बताए । ’नेकपा (एमाले)को सरकारलाई विस्थापन गरी बनेको कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्याउने प्रमुख कारक हो,’ उनले भने, ’प्रधानमन्त्रीज्यूलाई लागेको होला यो सरकार राम्रो छ, सफल छ भनिदिए हुन्थ्यो । तथ्यांकहरूले त्यस्तो बोल्दैनन् ।’
सरकारसँग नीति र कार्यक्रम नै नभएको ओलीको भनाइ थियो । उनले सरकार नीति शून्यतामा अगाडि बढेको बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रममा आर्थिक वृद्धिका योजना नै नभएको उनले बताए । यो प्रस्तावित नीतिमा उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने कुनै योजना नै छैन र आधुनिक पूर्वाधार निर्माणका कार्यहरू तीव्र गतिमा अगाडि बढाउने उत्साह नै नभएको बताए ।
उनले भने,‘सामाजिक न्याय कायम गर्ने दृष्टिकोण पनि छैन । संक्षिप्तमा भन्दा नीति तथा कार्यक्रमको उद्देश्य छैन । कहाँ पुग्ने भन्ने गन्तव्य छैन । कसरी जाने मार्गचित्र छैन । सर्वत्र नीति शून्य नीतिको अवस्था छ । अहिलेको सरकारको नीति के हो भने नीति शून्य नीति,’ उनले भने, ’यस्तो नीति तथा कार्यक्रमले देशलाई गति दिन सक्दैन, राष्ट्रलाई अग्रगमनको गन्तव्यमा पु¥याउन सक्दैन । राष्ट्रले भोगिरहेका समस्या, जनताले भोगिरहेका समस्याहरूलाई सम्बोधन गर्न पनि सक्दैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार