नक्कली भुटानी शरणार्थी प्रकरणमा ९७५ सँग पैसा उठाइएको छ : ओली
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १३:३९:४०
७ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रकरणको बिजारोपण आफ्नो प्रधानमन्त्रीत्व कालमा भएको तर आफ्नो कुनै प्रकारबाट संलग्नता नरहेको बताएका हुन् ।
उनले नेपालभित्र रहेका भुटानी शरणार्थी समस्या स्थायी रुपमा गरिनुपर्नेमा आफू स्पष्ट रहेको भन्दै प्रकरणको डिजाइन गर्नेहरुले गृहमन्त्रालयले तत्कालीन अवस्थामा बनाएको अध्ययन समितिको प्रतिवेदनको बाहिरी पाना त्यही राखेर भित्रपट्टिको नामसूची परिवर्तन गरेको पाइएको उनले बताए । आफू सरकारबाट हटेपछि प्रकरणमा नेपाली नागरिकसँग व्यापक पैसा उठाएको पाइएको उनको भनाइ छ ।
उनले सूची पविर्तत गरेर ९ सय ७५ जनासँग पैसा लिएको जानकारी आफूसँग भएको उनले दाबी गरे । त्यसमध्ये केही मानिस विदेश उडिसकेको समेत बताए । उनले आफू गृहमन्त्री भएका बेला भुटानसँग पटकपटक वार्ता गरेको तर भुटान शरणार्थी भन्नै नचाहने भएपछि तेस्रो देशमा पुनर्वासको बाटोमा राज्य लागेको स्मरण गराए । पुनर्वासमा जान नचाहनेलाई नेपालभित्रै काम गर्न दिनेबारे आफ्नै कार्यकालमा धेरैपटक छलफल भएको समेत बताए । प्रकरणमा निष्पक्ष छानबिन र दोषीलाई कारवाही गर्न उनले सरकारसँग आग्रह गरे ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भनी झापाका केशव दुलाल, सुनसरीका सानु भण्डारी गिरोहको योजना र तत्कालीन गृहसचिव र गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईको मिलेमतोमा चलाइएको प्रकरणमा नेपाली कांंग्रेसका नेता बालकृष्ण खाण, एमाले सांसद टोपबहादुर रायमाझी, सल्लाहकार राईसहित १६ जना पक्राउ परिसकेका छन् । १६ जना फरार रहेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीहरुविरुद्ध ठगी, संगठित अपराध लगायत कसुरमा काठमाडौं अदालतमा मुद्दा चलाइँदैछ । उनीहरुले करोडौं उठाएर ठगी गरेको आरोप छ । अनुसन्धानका क्रममा गृहले गठन गरेको अध्ययन समितिको प्रतिवेदनलाई कीर्ते गरी ‘शरणार्थी छुट दर्ता’ सूची थपी ८७५ जना नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइएको पाइएको दाबी प्रहरीको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
एकैदिन ३३ फरार प्रतिवादी पक्राउ, लाखौं मुख्य बराबरको अवैध भारतीय सामान बरामद
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो
पुष १९, २०८१ शुक्रबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार