विराटनगरमा गाँजा तस्करलाई लखेट्दा प्रहरी हवल्दार घाइते, गाजा बरामद
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १३:५२:१
७ जेठ, काठमाडौं । प्रहरीले विराटनगरबाट गएराति २२ किलो गाँजा बरामद गरेको छ । गाँजा तस्करलाई लखेट्ने क्रममा एक जना प्रहरी घाइते भएका छन् ।
विराटनगर महानगरपालिका–१८ मुसहरी टोली हुँदै भारततर्फ लगिँदै गरेको लागूऔषध गाँजा नियन्त्रणमा लिन खटिएका प्रहरी सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते भएका हुन् ।
प्रहरीलाई देख्नासाथ गाँजा फ्यालेर तस्करीमा संलग्न फरार बनेका थिए । गाँजा फ्यालेर भागेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा लडेर साह घाइते भएका हुन् । खुट्टामा चोट लागेका उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ ।
नेपाल–भारत सीमानाका हुँदै भारततर्फ लैजाँदै गरिएको अन्दाजी २२ किलोग्राम गाँजा गएराति सवा ११ बजेतिर बरामद गरिएको हो । बोरामा प्याक गरी टाउकोमा बोकेर २ जना व्यक्तिले भारत कटाउने तयारी गर्दैगर्दा विराटनगर–१८ मुसहरी टोलबाट गाँजा बरामद गरिएको उनले बताए । तस्कर भने भाग्न सफल भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
एकैदिन ३३ फरार प्रतिवादी पक्राउ, लाखौं मुख्य बराबरको अवैध भारतीय सामान बरामद
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
धौलागिरी हिमाल र आसपास क्षेत्र
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
विश्वमा सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार