पार्ट टाइम जागिरको व्यवस्था गर्नुपर्छः सांसद गौतम
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १७:७:२०
७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले नेपालमा पार्ट टाइम जागिरको व्यवस्था गर्नुपर्ने र त्यसलाई राज्यले नै अपनाउनुपर्ने बताएकी छन् । त्यसले श्रम संस्कृतिको विकास गर्ने र रोजगारी वृद्धि हुने उनको भनाइ छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद गौतमले उक्त माग राखेकी हुन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा राम्रा कुरा पनि समेटिएका सांसद गौतमको भनाइ थियो । ’सरकाले ल्याएको नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरू समेटिएका छन् । धेरै महत्वाकांक्षी कुराहरू पनि समेटिएका छन्,’ उनले भनिन् ।
पुरानै नीति तथा कार्यक्रमलाई शब्द परिवर्तन गरेर ल्याइएको हो कि भन्ने सांसद गौतमको भनाइ थियो । ’हामी बुझ्छौं यस्तो किन भयो एउटा पुरानो ट्रेडिसनल कल्चर जस्तो पनि भइसकेको छ । नीति तथा कार्यक्रम होस्, बजेट होस्, पुराना शब्दहरूलाई फेरबदल गर्ने र तिनै पुराना कुराहरू दोहो¥याउने कल्चर पनि बनिसकेको छ,’ उनले भनिन् ।
उनले नेपालमा महिलाको डिम्ब र पुरुषको वीर्य दानका लागि केन्द्रीकृत तथ्यांक राख्ने प्रणालीको व्यवस्था गर्नुपर्ने बताइन् । नेपालमा वीर्य र डिम्ब दानको अभ्यास बढिरहेको बताउँदै सांसद गौतमले यसका लागि सरकारले आधिकारिक तथ्यांक राख्ने प्रणाली राख्नुपर्ने बताइन् ।
’बाँझोपनको सवालमा अहिले कृत्रिम प्रणाली अपनाएर बच्चा जन्माउने पनि प्रचलन बढिरहेको छ । यसको सवालमा एउटा केन्द्रीकृत तथ्यांक हुनुपर्छ,’ उनले भनिन्, ’स्पर्म डोनेसन (वीर्य दान) र एग डोनेसन (डिम्ब दान)का कुराहरू निकै संवेदनशील भएर आएका छन् । यसको सवालमा एउटा केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार