रास्वपाका सांसद विकास कोष नब्यूँताउने पक्षमा
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १७:८:४५
७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विकासको विपक्षमा उभिएको छ । सरकारले ल्याउने तयारी गरिरहेको आगामी आर्थिक वर्ष २०८०/८१ बजेटमा सत्तारुढ दलका सांसदहरुले सांसदको निर्वाचन क्षेत्रमा खर्च पाउने गरी वितरित कोषलाई ब्यूँताउने जोड गरिरहेका बेला प्रतिपक्षी रास्वपाले विरोध गरेको हो ।
प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभाको बैठकमा पेस गरेका सरकारको आगामी नीति तथा कार्यक्रममाथि संशोधन प्रस्तावसहित छलफलमा भाग लिँदै सांसद सुमना श्रेष्ठले सांसद विकासको कोष पुनःस्थापना गर्ने कुरामा कुनैपनि हालतमा सहमत हुन नसक्ने बताइन् । उनले कोष संचालन गरिए सांसद आफ्नो कामबाट बाहिर पुग्ने बताइन् ।
सांसद विकास कोषको रकम दुरुपयोग भएको भन्दै यसअघिका सरकारले खारेज गरेको थियो । अहिले फेरि नेपाली कांग्रेसका सांसदहरुले कोष ब्यूँताउने विषयमा छलफल सुरु गरेको समाचार बाहिरिएपछि एमाले, रास्वपा र माओवादी केन्द्रका सांसदरुले विरोध गरेका छन् ।
सांसद श्रेष्ठले आगामी आवमा सरकारले एउटा पनि गाडी नकिन्ने र निजी क्षेत्रलाई सवारीसाधन खरिद रोक्नुपर्ने बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार