११ अर्ब ४५ करोड रुपैयाँ उद्योगमा लगानी प्रतिवद्धता
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १७:२०:१०
७ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा ३१ वटा उद्योगमा ११ अर्ब ४५ करोड रुपैयाँ बराबर लगानी प्रस्ताव आएको छ । यसअघि चैतमा ३३ वटा उद्योगमा २५ अर्ब ४४ करोड रुपैयाँ बराबर लगानी प्रस्ताव आएको थियो ।
उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म कुल १ खर्ब ९२ अर्ब रुपैयाँ बराबर लगानी प्रस्ताव आएको छ । वैशाखमा मात्रै प्रस्तावित उद्योगमा २ हजार १५५ जनालाई रोजगारी मिल्ने अनुमान गरिएको छ भने साउनदेखि वैशाखसम्म लगानी प्रस्तावित उद्योगमा १८ हजार ५२४ जनालाई रोजगारी दिइने अनुमान छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म सबैभन्दा बढी ९८.३९ प्रतिशत उत्पादनमूलक उद्योग दर्ता भएका छन् । कृषिमा ६.२, सेवा क्षेत्रमा ४७.१९ , पर्यटनमा ४४.१८, ऊर्जामा आधारित उद्योग ३९.१६, सूचना तथा प्रविधिमा ९.४ र पूर्वाधारमा १ प्रतिशत उद्योग दर्ता भएका हुन् । विभागका अनुसार वैशाखमा ७ वटा डिजाइन र २५२ वटा ट्रेडमार्क दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ६ वटा पेटेन्ट, १८ वटा डिजाइन र २ हजार ४२७ वटा ट्रेडमार्क दर्ता भएको विभागको तथ्यांक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाह्र निर्माण कम्पनी कालोसूचीमा
पुष १८, २०८१ बिहिबार
नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० मा
पुष १५, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार