लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैनः माओवादी
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १७:३९:५२
७ जेड, काठमाडौं । नेकपा माओवादी केन्द्रले लडाकू शिविर व्यवस्थापनमा कुनै घोटाला नभएको दावी गरेको छ । तत्कालीन लडाकू शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ ।
माओवादी केन्द्रले आज पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलनको आयोजना गरी महालेखा परीक्षक कार्यालयले नै यस विषयमा स्पष्ट पारिसकेको उल्लेख गर्दै सरकारी निकायको उपस्थितिमा भएको खर्च र त्यसको फाँटबारीमा कुनै अनियमितता नभएको जनाएको हो ।
पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले महालेखा परीक्षकले २०६९ जेठ १९ गते शिविरको खर्चको समर्थन, फर्छ्योट र मिनाहा गरी सम्परीक्षणको जानकारी पत्र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरबारमा पठाइएको बताए ।
माओवादीले झण्डै ६ बर्ष माओवादी सेनाको व्यवस्थापन तथा समायोजनको जिम्मा राज्यले लिएको भन्दै शिविर व्यवस्थापनमा कुनै घोटाला नभएको जनाएको छ । शान्ति प्रक्रियालाई सार्थक पार्न माओवादी सेनाको रेखदेख र व्यवस्थापनका लागि करिब ४६ करोड पेश्की व्यवस्थापन गरिएको उसको भनाइ छ ।
सो रकम अनुदानमा परिणत गर्न शान्ति मन्त्रालयको सिफारिसमा सरकारको निर्णयलाई आधार बनाएर महालेखा परीक्षकले २०६९ जेठमा सो रकम खर्चको समर्थन, फरछ्यौट र मिनाहा गरी सम्परीक्षणको जानकारी पत्र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरबारमा पठाएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । त्यस्तै शिविर व्यवस्थापन कार्यालय मार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएको उनले बताए ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण केहीले नियोजित रुपमा लडाकू शिविरबारे प्रश्न उठाएको बताए । त्यस्तै माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी कारबाही प्रक्रियाले राष्ट्रिय अपराधीहरूलाई कारबाही गरी राष्ट्रको शान जोगाउन खोजिएकाे र यसले समग्र उत्साह र मनोबल उठेको जनाएको छ । सरकारले दोषीहरुलाई कारबाही गर्न कुनै कसुर बाँकी नराखि कुनै कुनै पनि किसिमको सम्झौता नगर्न सरकारलाई माओवादीले सुझाव दिएको छ । प्रवक्ता महराले सरकारले आफ्नो गतिमा नेपाल र नेपाली जनतालाई सकारात्मक सन्देश दिन खोजेको बताए ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल बलदेवले अयोग्य लडाकूलाई रकम दिने निर्णय अहिले नभएर धेरै पहिलेको सरकारले गरेको निर्णय भएपनि पटक पटक रोकिएको बताउनुभयो । लडाकु शिविरका विषयमा सांसदमा अवाज उठाउनुको कुनै तुक नरहेको भन्दै यस विषयमा अध्ययन गरेर मात्रै बोल्न सुझाव दिए । त्यस्तै माओवादी केन्द्रले सरकारले अघि सारेको नीति तथा कार्यक्रम सकारात्मक रहेको र यसले मुलुकलाई सकारात्मक दिशातर्फ अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
पार्टी छोडेर गएका नेता कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आव्हान
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेताहरूबीचको बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार