नीति र कार्यक्रम शानदार र वैज्ञानिक छ : जनार्दन शर्मा
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १८:४:४८
७ जेठ, काठमाडौं । माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सरकारले ल्याएको नीति तथा कार्यक्रममा नीतिगत र संरचनागत सुधार गरेर विकास र समृद्धिको मर्म बोकेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आइतबार प्रतिनिधिसभाको बैठकमा पेस गरेका आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो बताएका हुन् ।
उनले सरकारले अर्थतन्त्रलाई उकास्ने र जनताको जीवनसँग जोडेर कार्यक्रम ल्याएको बताउँदै आफूले समर्थन गर्ने बताए । कृषिको उत्पादकत्व बढाउने नीति कुनै पुलिन्दा नभई आवश्यकता भएको बताए ।
‘रोजगारी र कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउने कुरा के खिसिट्यूरी गर्ने विषय हो र’ उनले भने । सबै बालबालिकालाई विद्यालयमा ल्याएर सिकाउने र टिकाउने तथा पढ्दै कमाउँदै भनेर सरकारले ल्याएको नीति उदाहरणीय भएको उनको भनाइ थियो । सरकारले ल्याएको नीति तथा कार्यक्रम शानदार र वैज्ञानिक रहेको उनले बताए ।
प्रमुख प्रतिपक्षी दल एमालेले नीति तथा कार्यक्रमको चर्को विरोध गरिहँदा सरकारको नेतृत्व गरिररहेको माओवादी केन्द्र र सत्तारुढ दलका नेताहरुले नीति र कार्यक्रमको बचाउ गरेका छन् ।
सरकारले ल्याएको आगामी आवको नीति तथा कार्यक्रम गएको शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार