प्रहरी अनुसन्धानको मूल प्रतिवेदन आज बुझाइँदै, अभियोगपत्र तयार पार्न कार्यदल गठन
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार ८:५१:२४
८ जेठ,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मा मुछिएकाहरु माथीको अनुसन्धान प्रतिवेदन आज बुझाइदैछ । जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेका माथी गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो ।
सो प्रकरणमा पुर्व गृहमन्त्री बालकृष्ण खाँड, पुर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिना देखी जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ । हिजै बुझाउने भनिए पनि कागजातका अपुग भए पछि आज बुझाउन लागिएको हो ।
यस्तै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गिरोहले रचेको अपराधसम्बन्धी अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोगपत्र तयार पार्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले कार्यदल गठन गरेको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख (सहन्यायाधिवक्ता) अच्युतमणि नेउपानेको संयोजकत्वमा सरकारी वकिलहरू सम्मिलित ८ सदस्यीय कार्यदल बनेको हो ।
कार्यदल गठनसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालयमा अनुसन्धानको आंशिक प्रतिवेदन पेस गरेको छ । रायसहितको मूल प्रतिवेदन भने सोमबार (आज) बुझाइने काठमाडौं प्रहरीले जनाएको छ । आइतबार नै प्रतिवेदन बुझाउने तयारी रहे पनि ‘प्राविधिक कारण’ देखाएर प्रहरीले एक दिन लम्ब्याएको हो । ‘प्रहरीले आजै प्रतिवेदन बुझाउने भनेको थियो । साँझ ६ बजेसम्म पनि कुरेर बसेका थियौं । फेरि आइतबार सकिएन, सोमबार मात्रै आउँछ भनिएको छ,’ सहन्यायाधिवक्ता नेउपानेले भने । उनले प्रतिवेदन बुझेको दुई दिनपछि अभियोगपत्र अदालतमा पुर्याइने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
एकैदिन ३३ फरार प्रतिवादी पक्राउ, लाखौं मुख्य बराबरको अवैध भारतीय सामान बरामद
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार