'संगीतसँग यात्रा' कायर्मक्रम सम्पन्न
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १२:१०:१७
८ जेठ, काठमाडौं । एरेञ्जर राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं वसन्त पार गरेको आवसरमा रेशराज प्रोडक्शन प्रा.लि.को आयोजनामा ‘संगीतसँग यात्रा’ कायर्मक्रम सम्पन्न भएको छ ।
काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यक्रमको अवसरमा चलचित्र ‘उस्ताद जी’को ट्रेलर पनि सार्वजनिक गरियो । वरिष्ठ कलाकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष, निर्देशक, निर्माता तथा लेखक मोहन निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कला क्षेत्रका विभिन्न स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुने कलाकारहरूमा वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ गायक लाक्पा शेर्पा, वरिष्ठ साउण्ड डिजाइनर दीप रत्न तुलाधर, राष्ट्रवादी नायक÷निर्माता तथा निर्देशक नवल खड्का, वरिष्ठ गीत तथा कथाकार मीन सागर लामा, वरिष्ठ संगीतकार आभाष फुयाँल, वरिष्ठ गायक, संगीत संयोजक तथा संगीतकार पवन वाङ लामा, वरिष्ठ वाद्यवादक भरत बुढाथोकी, वरिष्ठ गीतकार दुर्गा लामा, गायक पञ्चमान तामाङ ९शैलाब वाईवा०, गायक उत्सव सुब्बा लामा र गायक मरिचमान तामाङ साथै अन्य चर्चित कलाकारहरु रहनुभएको छ ।
‘चलचित्रका नायकहरू आउँछन्, एकदुई वर्षमै गायब हुन्छन् तर गीत संगीतका नायकहरू भने सदा जनतामा छाइरहन्छन्,’ मोहन निरौलाले भने, ‘त्यसैले गीत संगीतलाई महत्व र मान्यता दिन सकिएमा हाम्रो संगीतको स्तर बढ्दै जानेछ, जसले अन्ततः देशलाई नै फाइदा पुग्नेछ ।’ कार्यक्रम रेशराज प्रोडक्शन प्रा।लि।का अध्यक्ष गायक रेशम कुमार विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार