भ्रष्टाचारी नेता र आन्दोलित जनता
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १२:१५:४२
नेपाली जनताले मुलुकको रुपान्तरण र दिगो विकासको एउटै सपना बोकेर पटक पटक राजनीतिक परिवर्तनको आन्दोलनमा नेपालका राजनीतिक दलहरूलाई साथ दिए तर जनताको साथ र समर्थनको गलत फाइदा उठाउँदै देश र जनता लुट्ने कार्यमा मात्रै तल्लीन भएपछि, एक पछि अर्को भ्रष्टाचारको मुद्दामा वरिष्ठ नेताहरू नै मुछिन थालेपछि जनता भ्रष्टहरुलाई पाता कसेर जेलमा चौखुर्याएको हेर्न आतुर देखिएका छन् । जता हेर्यो उतै भ्रष्टाचार नै भ्रष्टाचारको दुर्गन्ध फैलिएको छ, सरकारमा सामेल दलहरू नै भ्रष्टाचारको दुर्गन्धले गन्हाएका मात्र देखिन्छन् । डाँकाले चोरलाई थर्काउने नाटकको सुरक्षा निकाय लाचार भएर रमिता हेर्न बाध्य छ । वर्तमानका राजनीतिक दलहरूका अगुवाहरुको कुकृत्य पनि कति हो ? कहाँ कहाँ हो ? कहिले देखि हो ? के का लागि हो ? भनी साध्य छ छैन ? देश आर्थिक रुपमा टाँट पल्किसक्दा पनि नेताहरूको सम्पत्ति बढोत्तरी भइरहँदा जनताहरु आक्रोशित र आन्दोलित भएका छन् ।
जनताले खाइ नखाई तिरेको करको तर खान पल्किएका नेताहरूले जनताको खुन पसिना मात्रै लुटेका छैनन् नेपाल आमाका चोक्टा चोक्टा लुछेका छन् । केबल एउटै कुकृत्य देश लुटेर खानकै लागि यिनीहरु कहिले एक आपसमा जुटेका त कहिले चार टुक्रा भएर फुटेका छन् । केबल देश लुटेर खानकै लागि रहेछ । विगतमा यिनले जनताका छोराछोरीलाई मात्रै हैन असी बर्षका पितृ भएका बाबुआमालाई कटबाँसको भाटामा नम्बर हानि हानी कुटेका छन् । नेपाली जनतालाई शरणार्थी बनाइ अमेरिका पुर्याइदिन्छु भनेर समेत सोझासिधा नेपाली नागरिकबाट करोडौं रूपैयाँ लुटेका छन् ।
देश आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको अवस्थामा पनि यिनलाई कुनै चिन्ता छैन । देशका नागरिकहरू लगातार विदेश पलायन भइरहँदा देशमा रोजगारीको अवसर सृजना गर्ने भूमिका र जिम्मेवारी के यिनको हैन ? खान नपाएर फुकिढल भएका हात्तीछाप चप्पलेहरुलाई नेपाली जनताले तिसौ बर्ष ज्वाइँ पाले झै पालेकै हो, पटक पटक राजनीतिक दलको आडमा भोट माग्न आउँदा यिनैलाई भोट हालेकै हो । विश्वासको घैँटो नफुटुञ्जेल हामीले यिनैलाई देशको भाग्य निर्माता ठानेकै हो । अब नेपाली जनताहरु यिनीहरुका नाङ्गो नाचबाट वाक्क दिक्क भइसकेका छन् । नेतृत्व परिवर्तनको आवाज अहिले पुराना नयाँ सबै दलमा उठन थालेका छन् ।
तर अब यिनीहरुलाई विश्वास गर्ने आधारहरू सक्किसकेका छन् । यिनीहरु मान्छेबाट दानव प्रवृत्ति तिर अग्रसर भैसकेका छन् । अब यिनीहरुलाई मानवीय मूल्य मान्यतामा फर्काउन कठिन छ । यिनीहरु मध्ये कसैले पनि नेपाली जनताको पक्षमा काम गर्लान भन्ने विश्वास नेपाली जनताको मनबाट उठिसकेको छ । आफू बच्ने र अरूलाई फसाउने खेलका माहिर खेलाडीहरूको हातमा सत्ता रहुञ्जेल हामीले यो काम चाहिँ ठीक गरे भनेर भन्न समेत मुस्किल छ । देशले फेरि एउठा राजनीतिक परिवर्तनको आन्दोलनको माग गरिरहेको छ । असल, इमानदार र देश प्रेमी युवाहरूको नेतृत्व खोजिरहेको छ । भ्रष्ट र अपराधीका हातबाट देशको नेतृत्व खोस्नुपर्ने दिन आइसकेको छ । बितेका ३४ बर्षमा देश र जनताले नपाउनु दुःख पाइसकेको छ ।
देशका कार्यकारी प्रमुखहरू नै मानव तस्करको आरोपमा मुछिन थालेपछि, प्रमाण र यथार्थतामै बीच सडकबाट नाङ्गो हात पक्राउ पर्न थालेपछि अब यिनीहरुलाई राजनीतिक दलको नेतृत्वमा बस्ने कुनै अधिकार छैन । कसैको पृय पात्र हो भन्दैमा यस्ता भ्रष्टलाई पार्टीक नेता मान्नु छैन । कानुनलाई हातमा लिएर अपराधी उम्क्याउने भन्दा कानुनलाई साथ दिएर मार्ग प्रशस्त गर्नु नै वर्तमानका राजनीतिक दलहरूका नेतृत्वको बुद्धिमानी हुनेछ । नत्र भोलि देशमा राजनीतिक परिवर्तनको आन्दोलन भयो भने यिनीहरुलाई भदौको भेलले झै बढारेर लैजानेछ ।
आफूले गरेका विगतका गल्तिहरुलाई सच्याउन देश र जनतासँग माफी माग्दै मार्ग प्रशस्त गर्नु नै बर्तमान राजनीतिक दलहरूका टाउकेहरुका लागि यो नै उचित विकल्प र यो नै उचित समय हुनसक्छ । नत्र यिनीहरुकै लाचारीका कारण देशमा प्राप्त लोकतन्त्र नै सदाका लागि गुम्ने खतराका बादलहरू नेपाली राजनीतिको आकाशमा मडारिरहेको नाङ्गो आँखाले समेत स्पष्ट रुपमा देख्न सकिन्छ ।
चोर, लुटेरा, फटाहा, दलाल, अपराधी र कालो बजारीको चक्रब्यूहमा फसेका राजनीतिक दलहरूका नेताहरू अब बाहिर निस्किन नसक्ने गरि भासिइसकेका छन् । नैतिकता हराएका नरपशु सरह अब यिनीहरु कुकृत्यको खाडलमा परिसकेका छन् । अब यिनीहरुलाई दुर्गन्धको खाडलबाट निकाल्न खोज्ने व्यक्ति नै दुर्गन्धित हुने स्थिति छ । यिनीहरुका वरिपरि जान समेत डराउनु पर्ने अवस्था सृजना भइसकेको छ ।
देशमा सरकार त छ तर जनताको क्रयशक्ति क्षीण हुँदा पनि मूल्य नियन्त्रण गर्ने जिम्मेवारी देख्दैन । शिक्षा, स्वास्थ्यमा भएको असन्तुलित व्यापारीकरणका विरुद्धमा चूँसम्म पनि बोल्दैन । जनताले देशमा सरकार छ भन्ने आशा समेत मारिसकेका छन्, राजधानीको बीच सडकमा सरकार प्रमुखकै आँखा अगाडि आफैंलाई पेट्रोल खन्याएर आत्मदाह गरिसकेका छन् । गाउँमा मिटरब्याजीको बिगबिगीले पसिसक्नु छैन, खै कस्ले के उद्देश्यका लागि खोलेका बैंक तथा वित्तिय संस्था हुन । आफूखुशी तोकेर लगाइएका ब्याजका दर र असुलीका दादागिरीले नागरिक घरबाट बाहिर निस्किन सक्ने अवस्थामा पनि देखिँदैनन् । नेता भएकै भरमा बाबुका आडमा छोराहरूले गरेका कुकृत्यमा आँखा चिम्लिन्छ । हैन, यो सरकार भन्ने जन्तु जनताले कति सास्ती र हण्डर खाएपछि ब्यूँझिन्छ ?।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेश युक्रेन र प्यालेस्टाइन बन्ने भो !
असार १३, २०८१ बिहिबार
सहमतिका नाममा शीर्ष नेताको जात्रा हेरिनसक्नु छः घिमिरे
पुष २०, २०८० शुक्रबार
टिकटकमाथि प्रतिबन्धः भ्रम र यथार्थ
कात्तिक ३०, २०८० बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार