प्रधानमन्त्रीलाई माधव नेपालको सुझावः ‘सबै वडाका खेलमैदान एकैपटक स्वीच थिचेर शिलान्यास गर्ने भूल नगर्नुस्’
‘सबै प्रधानमन्त्रीको कामको मूल्यांकन संसदबाटै गरौं’
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १२:२६:५६
८ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष समेत रहेका तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि धारणा राख्दै प्रधानमन्त्री प्रचण्डलाई विभिन्न सुझाव दिएका छन् ।
प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभाको बैठकमा पेस गरेका नीति तथा कार्यक्रममाथिको छलफलमा सोमबार भाग लिँदै नीति तथा कार्यक्रम दूरगामी र प्रभावकारी किसिमका रहेको बताए । देश भरका सबै वडा खेल मैदान र पालिकामा कभर्ड हल निर्माण गर्ने कार्यक्रम र देशभित्रै मल कारखाना बनाउने नीति निकै राम्रो भएको बताए । नीति र कार्यक्रमलाई कार्यान्वयन मात्र गर्न सके देशले आर्थिक विकासमा उल्लेख्य प्रगति गर्न सकिने बताए ।
मालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै अध्यक्ष नेपालले सरकारको ल्याएको नीति तथा कार्यक्रमलाई केही मान्छेले शून्य मात्र देखेको बताए । ‘स्वार्थी र व्यक्तिवादको रोगबाट हेर्दा सबै कार्यक्रम शून्यबाहेक अन्य केही नदेख्ने रहेछन्’ नेपालले भने, ‘घर घरमा ग्यास पाइप, टिकट काट्नुस् रेल चढ्नुस् भन्नेहरूको नीति तथा कार्यक्रमको हालत सबै देखेकै छन् । भनिरहनु पर्दैन ।’
‘तर प्रधानमन्त्रीलाई मेरो सुझाव छ, तपाईँले देशभरका सबै वडाका खेलमैदान एकैपटक स्वीच थिचेर शिलान्यास गर्ने भूल नगर्नुस्’ नेपालले भने । शिलान्यास र उद्घाटनमा आफ्नो नाममा पार्ने लोभमा एकै ठाउँबाट स्वीच थिच्ने संस्कारले ठीक ठाउँमा नपुर्याउने उनको सुझाव छ ।
यस्तै, अध्यक्ष नेपालले प्रधानमन्त्री बनेका सबैले आफूले गरेका कामहरूबारे संसदमै छलफल तयार हुन चुनौती दिए । छलफल गर्न आफू तयार रहेको उनले बताए । ‘तर ठूला कुरा गर्नेहरू यो कुरा सुन्न चाहँदैनन्’ उनले भने, ‘गफ गर्नेहरू काममा कहिल्यै विश्वास गर्न सक्दैनन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेसको विभागमा १० सदस्य मनोनयन
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार