सत्ता फुस्किएर विक्षिप्त बनेका ओलीले भने जस्तो नीति तथा कार्यक्रम कागजी खोस्टो मात्र हैनः नेपाल
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १२:३५:५
८ जेठ,काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम सत्ता फुस्किएर विक्षिप्त बनेको एमाले अध्यक्ष केपी शर्मा ओलीले भने जस्तो कागजको खोस्टो मात्र नभएको बताएका छन् । उनले नीति तथा कार्यक्रम विगतमा एमालेले ल्याएको भन्दा उचित भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा ओलीप्रति व्यंग्य गर्दै उनले सरकार आफ्नो हातबाट फुस्किएपछि अरूलाई सत्तो सराप गरेर केही नहुने बताए । उनले अहिले सहकार्य आवश्यक रहेको भन्दै एकले अर्कालाई घोचेर र पीडा, व्यथा पोखेर मात्र नहुने बताए । नेपालले बनिसकेको सरकार किन आफ्नो हातबाट फुस्कियो भन्ने विषयमा ओलीले अरूलाई सत्तो सराप गरेर मात्र नहुने बताए । उनले व्यक्तिवादी र सर्वज्ञानी ठान्ने रोग ओलीको अहिले सबैभन्दा ठूलो समस्या भएको बताए ।
सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले दस्तावेज आफैँमा पूर्ण नहुने बताउँदै छलफल र सल्लाह–सुझावबाट सकारात्मक बनाउन सकिने भन्दै नीति तथा कार्यक्रममा समस्याको पहिचान र त्यसको समाधानका विषय पनि उल्लेख रहेको उनले बताए ।
उनले भने,‘विभिन्न विचार व्यक्त भएको छ । राम्रो विचारको अवश्यक सम्बोधन हुनेछ र प्रधानमन्त्रीले ध्यान दिनुहुनेछ । यसको कुनै अर्थ छैन भन्ने पनि आएको छ । मैले पनि मनन गरेँ, काजगको खोस्टो मात्र छ कि भनेर हेरेँ, तर मैले हेर्दा त्यस्तो पाइनँ । अर्थतन्त्रको पुनर्उत्थान, सुशासन र विकास तथा सामाजिक न्याय र राष्ट्रिय हितको विषय अघि सारिएको छ ।’ नीति तथा कार्यक्रममा गणतन्त्रलाई बलियो बनाउँदै समाजवादोन्मुख अर्थतन्त्र र समावेशीमूलक समाजको निर्माणलाई प्राथमिकता दिइएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार