भारतबाट दूध आयात गरेर किसानलाई सिध्याउने षडयन्त्र गरियाे : निशा डाँगी
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १२:४५:४७
७ जेठ, काठमाडौं । सरकारले नेपाली किसानले उत्पादन गरेका दूध खरिद नगरी भारतबाट दूध आयात गर्ने योजना बनाएर गम्भीर षडयन्त्र सुरु भएको भन्दै सांसदहरुले संसद बैठकमा आवाज उठाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै केही दलालहरुले नेपाली बजारमा दूधको अभाव भएको कृत्रिम हल्ला पिटेर भारतीय दूध भित्र्याएर नेपाली किसानलाई सिध्याउने चलखेल गरेको बताइन् । देशमै उत्पादन भएको ८५ प्रतिशत दूध बिक्री नभएको अवस्थामा उल्टै भारतबाट दूध आयात गर्नु ठीक नभएको उनले बताइन् ।
‘सहरी क्षेत्रमा दूधको अभाव भएको जनाउँदै केही दूध व्यवसायीहरुले भारतबाट दैनिक एक लाख ५० हजार लिटर बढी दूध आयात गर्नुपर्ने सुझाव सरकारलाई दिएका छन् ।
सांसद डाँगीले देशमा उत्पादन भएको ८५ प्रतिशत दूधले बजार पाउन नसकिरहेको भन्दै नेपाली किसानले उत्पादन गरेका सम्पूर्ण दूध बजारसम्म पुर्याउने काम सरकारले तत्काल सुरु गर्न माग गरिन् । किसानलाई अनुदान दिएर गाई भैंसी पालनमा प्रोत्साहन गर्न माग गरिन् ।
किसानको गोठमा गाई भैँसी भएपनि सहरी क्षेत्रमा दूधको अभाव भयो भनेर भारतबाट दूध ल्याउन सुझाव दिने तरिका देशको हितमा नरहेको भन्दै यसबारे राज्य सचेत हुन आग्रह गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
असार २, २०८१ आइतबार
साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन
जेठ ३२, २०८१ शुक्रबार
खडेरीले बारीमै कोदो सुकेपछि किसान चिन्तित
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
बंगलादेशले छैटौँ विकेट गुमायो, रोहितले लिए साकिबको विकेट
असार ३, २०८१ सोमबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार