नेपालीलाई सार्वभौम बनाउन जनयुद्ध लडिएको थियो : देवेन्द्र पौडेल
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १३:३४:४९
७ जेठ, काठमाडौं । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल समान्त वर्गलाई विस्थापित गर्न लडेका युद्ध नै जनयुद्ध भएको बताएका छन् । संसदमा सरकारले पेस गरेका आगामी आवको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै पूर्वमन्त्री समेत रहेका पौडेलले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा जनताले अधिकार र सार्वभौमिकताका लागि लडेका आन्दोलनको अपमान गर्ने नैतिकता कसैलाई नहुने बताए ।
त्यसअघि बोल्ने एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रमको सुरुवाती हरफमै ‘विगतका आन्दोलन, जनयुद्ध’ उल्लेख भएकोप्रति असहमति जनाउँदै तत्कालीन माओवादीले १० वर्षसम्म चलाएको सशस्त्र विद्रोहलाई जनयुद्ध भनेर कांग्रेसले आफ्नै आयु घटाएको टिप्पणी गरेका थिए ।
भट्टराईपछि बोलेका पौडेलले जनयुद्ध कुनै जनावर, रुख बुट्टयान वा ढुंगामाटोबीच नभई नेपाली नागरिकलाई आफ्नो देशको स्वाधीनता, विदेश हस्तक्षेपविरुद्ध र देशभित्रका सामान्त वर्गलाई विस्थापित गर्न ज्यानको बाजी लगाएर लडेको जनयुद्ध भएको बताए छ । ‘जनताले लडेका युद्धलाई जनयुद्ध नभनेर के भन्ने ?’ पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्ष्ति गर्दै भने, ‘हेरिराख्नुस्, सरकारको नीति तथा कार्यक्रमलाई छक्का हानेर तालीको गडगडाहडले पारित गरिनेछ ।’ शान्ति प्रक्रियालाई नै बिथोल्ने र पुनः द्वन्द्व होस् भन्ने चाहने तत्वहरुले जनयुद्ध शब्दावलीलाई नरुचाएको उनको आरोप थियो ।
जनयुद्धबारे कुनैपनि बेला, कुनैपनि स्थानमा जतिपनि बहस गर्न आफू तयार रहेको बताउँदै पौडेलले जनताले अधिकार लागि लडेका हरेक लडाईँ वा आन्दोलनको सम्मान गर्न सक्नुपर्ने बताए ।
सांसद पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम गठबन्धन सरकारको ढाँचा र जनताको आवश्यकतामा आएको बताए । सरकारले यसलाई कार्यान्वयनमा लगेर आर्थतन्त्रलाई सुधार गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार