गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिने

नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १४:०:४२

८ जेठ, काठटमाडौं । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याउने बताएका छन् ।
मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री जोशीले ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम’ सञ्चालन गर्न कार्यविधि बनाउनुपर्ने भन्दै कार्यविधि निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । उनले स्वास्थ्य मन्त्रालय अन्य मन्त्रालय भन्दा फरक र जनतासँग सिधैँ चासो राख्ने विषय भएकाले यस तर्फ विशेष ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए ।
मन्त्री जोशीले सीमित स्रोतसाधनको अत्यधिक उपयोग गरी गुणस्तरीय सेवा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रका समेट्नुपर्ने महत्वपूर्ण कार्यक्रमसम्बन्धी सल्लाह र सुझाव दिन कर्मचारीलाई आग्रहसमेत गरे । स्वास्थ्यमन्त्री जोशीलाई मन्त्रालयका सचिव बद्रीबहादुर खड्का तथा विभिन्न शाखाका कर्मचारीले स्वागत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनगढीका लागि उडेकाे श्री एयरलाइन्सको जहाजमा समस्या, काठमाडौंमा सुरिक्षत अवतरण
जेठ २३, २०८० मंगलबार
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाको विरोध प्रदर्शन
जेठ २१, २०८० आइतबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
शरणकुमार अर्याल
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
निस्दीखोलामा निर्माण हुँदै गरेको पक्की पुल
जेठ २३, २०८० मंगलबार
विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ
जेठ २३, २०८० मंगलबार
सोलेडाँडामा भेडा चराउँदै किसान
जेठ २३, २०८० मंगलबार
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित तारकेश्वर महादेव
जेठ २३, २०८० मंगलबार
सञ्चार मन्त्रीसँग अब जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने
जेठ २३, २०८० मंगलबार
आर्थिक चलखेलपछि चोरीको आरोपमा पक्राउ परेका सुन व्यवसायी राति छुटे
जेठ २३, २०८० मंगलबार