हिमालयन पावर पार्टनरको वित्तीय विवरण सार्वजनिक
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १४:१२:५२
८ जेठ, काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिमा १० करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
तेस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट २६ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट आम्दानी गरेको थिएन । चालु आर्थिक वर्षकै दोस्रो त्रैमासमा भने विद्युत बिक्रीबाट कम्पनीले १३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
चुक्तापुँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ११ करोड ४७ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा २० करोड ६६ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस)९.७९ रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस १.६० रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ११०.७७ रुपैयाँ रहेको छ ।
हाल सबस्टेसन बनिनसकेकोले हाल कम्पनीले वैकल्पिक व्यवस्थाबाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिरहेको छ। जसका कारण पूर्ण क्षमतामा आयोजनाबाट विद्युत उत्पादन गर्न सकिने भए पनि हाललाई नेपाल विद्युत प्राधिकरणको निर्देशनबमोजिम क्षमतालाई सीमित गर्न बाध्य भएको कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा मर्मत भएन गण्डक जलविद्युतको टर्वाइन
चैत ८, २०८० बिहिबार
दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार