शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई अनुसन्धान दायरामा ल्याउन माग
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १४:४६:४१
७ जेठ,, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरमा ल्याउन माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री प्रणालीमा मन्त्रीको कामकारवाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउँदै प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाइ अनुसन्धानलाई पूर्ण बनाउन सरकारसँग माग गरे । नक्कली शरणार्थी प्रकरणमा दुई जना तत्कालीन उपप्रधानमन्त्री प्रहरी हिरासतमा रहेकाले यसमा पूर्वप्रधानमन्त्री पनि संलग्न भएको आशंका उनले व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ४ सय नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका छिराइएको अभिव्यक्ति दिएको भन्दै त्यसबारे ओलीलाई अनुसन्धान गर्नुपर्ने बताए । ओलीले ४ सय नेपालीलाई भूटानी शरणार्थी बनाएर १० वर्षअगाडि नै अमेरिका छिराएको प्रमाण आफूसँग भएको अभिव्यक्ति संसदमा दिएका थिए ।
हिरासतमा रहेका कांग्रेसका नेता समेत रहेका बालकृष्ण खाण तत्कालीन अवस्थामा गहृमन्त्री रहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा थिए । सुवालले देउवालाई पनि अनुसन्धानमा ल्षाउनुपर्ने तर्क गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार