शिलान्यास भएको १२ वर्षपछि बन्यो विहार
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १५:५०:४
८ जेठ, गलकोट । शिलान्यास भएको १२ वर्षपछि गलकोट नगरपालिका वडा नं ११ रिघाको उदय रिघा बौद्ध विहार निर्माण पूरा भएको छ । स्थानीय शेरबहादुर घर्तीले रिघामा बौद्ध धर्मको प्रचारप्रसार तथा प्रवर्द्धन गर्दै रिघालाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि १२ वर्षअघि यसको शिलान्यास गरेको थियो । उक्त स्थनामा बौद्ध गुम्बा, सत्तल तथा प्रवेशद्वार निर्माण गरिएको विहार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर घर्तीले बताए।
“बाह्र वर्षअघि बौद्ध धर्म र दर्शनका विषयमा जानकारी लिने मौका मिल्यो, भगवान गौतम बुद्धका नाममा केही गरौँ भन्ने सोच आयो”, घर्तीले भने, “बीस रोपनी जग्गालाई तारबार र संरक्षण गरी विहार बनाउने लक्ष्य यतिबेला आएर पूरा भएको छ ।”
युके, ब्रुनाईलगायतका देशमा रोजगारीका लागि जानेबाट प्राप्त सहयोग, सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट आएको बजेटले विहार निर्माण पूरा भएको हो ।
विहार निर्माणका लागि गलकोट नगरपालिकाको रु १२ लाख, सांसद विकास कोषबाट रु १० लाख, गण्डकी प्रदेश सरकारबाट रु आठ लाख, वडा कार्यालयबाट तीन लाख प्राप्त भएको थियो । साथै रिघा घर भई देशविदेशमा रहेकाबाट रु ८० लाख सहयोग प्राप्त भएको थियो ।
गुम्बालाई ध्यान तथा योगस्थलका रुपमा विकास गरी पर्यटकीय गतिविधि बढाउने उद्देश्य लिइएको गलकोट नगरपालिका–११ रिघाका वडाध्यक्ष डम्मर श्रीसको भनाइ छ ।
अग्लो डाँडामा रहेको विहार प्राकृतिक मनोरमको दृष्टिकोणलेसमेत महत्वपूर्ण छ । विहारको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार
गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिदै
मंसिर २७, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार