लुम्बिनीमा मन्त्रिपरिषद विस्तार, तीन मन्त्रीले लिए शपथ
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १७:५:५१
८ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले थपेका तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।
आज शपथ दिने मन्त्रीहरूमा कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका दाङ २ (१) का राजु खनाल, जनमत पार्टीबाट सामाजिक विकास मन्त्री बनेका रुपन्देही ५(२) का चन्द्रकेश गुप्ता, जसपाका कृषि तथा भूमि व्यवस्था मन्त्री बाँके २ (१) का भण्डारीलाल अहिरले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
तीनै जना मन्त्रीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार मन्त्रीमा नियुक्त गरेका थिए । तीन मन्त्रीको शपथसँगै लुम्बिनी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् । चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गठबन्धनमा ८ दल भएकाले मन्त्रालय भागबण्डा र आफ्नै पार्टी कांग्रेसभित्रको विवादले मन्त्रिपरिषद विस्तार रोकिएको थियो ।
यसअघि वैशाख १५ गते माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री नियुक्त भएका थिए । माओवादीका मास्कीलाई यसअघि नै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
नागरिक उन्मुक्ति पार्टीका चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री र लोसपाका पाण्डेयलाई सोमबारदेखि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएका छन् । माओवादीले बाँकेकी कृष्णा केसी र रोल्पाका दीपेन्द्र पुनलाई मन्त्री बनाउने निर्णय गरेर मुख्यमन्त्री चौधरी समक्ष सिफारिस गरिसकेको छ ।
यसअघि कांग्रेसले मुख्यमन्त्रीसहित ४ र माओवादीले ३ मन्त्रालय लिने सहमति गरेका थिए । तर, अहिले साना दललाई पनि बाँडफाँट गर्नु परेपछि मुख्यमन्त्री चौधरी अप्ठ्यारोमा परेका छन् । माओवादीले ३ मन्त्रालयको अडान नछोडेको अवस्थामा अब कांग्रेसले १ जना मन्त्री मात्र थप्न पाउनेछ । त्यसमा पनि सरकारलाई समर्थन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले दाबी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार