ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १७:३२:१५
७ जेठ, काठमाडौं । २० वर्षअघि एक युवकको हत्या गरेको अभियोगका अभियुक्त अभिका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापकाे सुनापति गाउँपालिका–४ का वाङ्गे आले भनिने बिरासलाल तामाङ रहेका छन् । उनीमाथि रामशरण घिमिरे खत्रीको हत्या गरेको फरार रहेको अभियोग छ ।
अभियुक्त तामाङले २०६० मंसिर ४ गते बेलुका करिब साँझ ६ बजेतिर सुनापति गाउँपालिका–४ (साविक बेथान गाविस–७) भञ्ज्याङटारस्थित चौँरी खोलाको पुलनजिकै २७ वर्षीय खत्रीलाई कुटपिट गरेर हत्या गरी सुनकोशी फालेर भागेका थिए ।
खत्रीका परिवारका सदस्य तामाङविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दर्ता गराएका थिए । जाहेरीका आधारमा निरन्तर खोजी गर्ने क्रममा तामाङलाई जिल्ला प्रहरी कार्यालय रामेछाप र ईलाका प्रहरी कार्यालय बेथानबाट खटिएको बिशेष प्रहरी टोलीले गाँउ टोलमा आएर लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको बताइएको छ ।
तामाङलाई जिल्ला अदालत रामेछापबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा म्याद थप गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रमुख प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार