ढुंगा-गिट्टी निर्यात गर्ने सरकारकाे नीति राष्ट्रघाती : सांसद आचार्य
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १७:५८:५
८ जेठ, काठमाडौं । नेकपा (एमाले)का सांसद भीम आचार्यले सरकारले ल्याएको चुरेका ढुंगा गिट्टी विदेश निर्यात गर्ने नीति राष्ट्रघाती भएको बताएका छन् ।
सरकारले पेस गरेको आगामी आवको नीति तथा कार्यक्रमबारे सोमबार प्रतिनिधिसभाको बैठकमा भएको छलफलमा भाग लिँदै सांसद आचार्यले नेपाली भूमिको ढुंगा र गिट्टी विदेशमा बिक्री गर्ने ल्याएर राष्ट्रघाती श्रृंखला सुरु गरेको बताए । सरकारको उक्त नीतिलाई एमालेले विरोध गर्ने बताए ।
उनले देशभित्रको ढुंगा–माटो वा गिट्टी निर्यात गर्ने कुरा राष्ट्रघाती भएको र यसलाई समर्थन गर्नेहरु राष्ट्रघाती ठहरिने बताउँदै मातृभूमिको ढुंगा गिट्टी विदेशमा बेच्ने कुरा नीति तथा कार्यक्रमबाट हटाउन माग गरे ।
‘ढुंगाबाट सिमेन्ट बनाएर बरु सिमेन्टलाइ विदेश निर्यात गर्न सकिन्छ, तर ढुंगा नै बिक्री गर्ने कुरा देशभक्ति हुन सक्दैन’ आचार्यले भने, ‘सरकारले समयमै आफ्नो गल्ती सच्याओस् ।’ उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनता र देशको आवश्यक सम्बोधन गर्न नसक्ने भन्दै एमालेले समर्थन नगर्ने बताए ।
सरकारको नीति तथा कार्यक्रममा व्यापार घाटा घटाउने बुँदामा चुरेका ढुंगा गिट्टी निर्यात गर्न सकिने उल्लेख छ । जसको सत्तारुढ दलकै सांसदहरुले विरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
असोज २१, २०८१ सोमबार
जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सदस्यमा निर्वाचित
असोज २१, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भए यी खेलाडी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
रासस
असोज २०, २०८१ आइतबार
अलौमा मेयर सिंहमाथि हातपातः डुबान समस्याका कारण स्थानीयको आक्रोश
असोज २२, २०८१ मंगलबार
तीन महिनाको हावापानी, पुस १६ गतेसम्म जाडो हुँदैन
असोज २२, २०८१ मंगलबार
प्रधानसेनापतिबाट फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण
असोज २२, २०८१ मंगलबार
इङल्याण्डविरुद्धको पहिलो टेस्टमा पाकिस्तानको उत्कृष्ट प्रदर्शन
असोज २२, २०८१ मंगलबार
राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने
असोज २२, २०८१ मंगलबार
एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान
असोज २२, २०८१ मंगलबार
काठमाडौंका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्ने ३१ जना पक्राउ
असोज २२, २०८१ मंगलबार
आजदेखि उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाउने
असोज २२, २०८१ मंगलबार