काभा महिला भलिबलमा नेपालको विजय सुरुवात
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १८:२७:२८
८ जेठ, काठमाडौं । काठमाडौंमा सोमबार सुरु भएको एनएससी काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली नेपालले विजय सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबारदेखि सुरु प्रतियोगितामा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा पाखा लगायो । एकपक्षीय खेलमा नेपालले पाहुना टोलीमाथि २५–११, २५–१९ र २५–११ को सहज जित निकालेको हो । कीर्गिस्तानविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लबकी संगम महतो र न्यु डायमण्ड स्पोर्टस् क्लबकी रिमा कुँवरले डेब्यु गरे ।
समुह ए’ मा रहेको नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्ने तालिका छ । आजै भएको समूह बी को पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको छ । उज्वेकिस्तानले श्रीलंकालाई २७–२५, २५–२० र २५–१४ ले हराउँदै विजयी सुरुवात गरेको हो ।
सोमबारको दोस्रो तथा समुह ए’ को पहिलो खेलमा भारतले बगंलादेशलाई सोझो सेटमा नै हरायो । एकपक्षीय खेलमा भारतले बंगलादेशमाथि २५–३, २५–९ र २५–६ को सहज जित निकाल्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार