नीति तथा कार्यक्रममाथि छलफल जारी, राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार ७:३७:१२
९ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा माथी आज पनि छलफल जारी रहने छ । प्रतिनिधिसभाको छलफल जारी रहेपनि राष्ट्रियसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम छ । संघीय संसद् अन्तर्गतका दुबै सदनमा नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिनेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसपछि तीन दिन उक्त नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल भएको थियो ।
तिनिधिसभामा भने सरकारको नीति तथा कार्यक्रमाथीको छलफल जारी रहने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ । राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गते देखी छलफल प्रारम्भ भएको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रम माथी नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शिर्ष नेताले सम्बोधन गरिसकेका छन् । सोमवारको बैठकमा झन्डै चार दर्जन सांसदहरुले आफनो धारणा राखिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान मुनाफा आर्जन गर्न असफल
जेठ १४, २०८१ सोमबार
लगातार दोस्रो वर्ष पनि गोरखापत्र संस्थान नाफामा
जेठ १४, २०८१ सोमबार
बजेटको करिब १५ प्रतिशत रकम सामाजिक सुरक्षामा खर्च
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
जेठ १५, २०८१ मंगलबार
आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदै
जेठ १५, २०८१ मंगलबार
आज गणतन्त्र दिवस, देशभर सार्वजनिक विदा
जेठ १५, २०८१ मंगलबार
नेपालको मौसममा रेमल चक्रवातको प्रभाव, देशका विभिन्न ठाउँमा वर्षा
जेठ १५, २०८१ मंगलबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार