तराईमा मेघगर्जनसहित चलेको हावाहुरीबाट अन्नबालीमा असर

नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १०:५३:८

♦ विशाल बस्नेत
९ जेठ, महोत्तरी । मधेश प्रदेशमा मेघगर्जनसहित चलेको हावाहुरीबाट अन्नबालीमा असर गरेको छ । मंगलबार बिहान करिब एक घण्टा चलेको हावाहुरीले अन्नबालीमा नोक्सान पुर्याएको किसानहरुले जानकारी दिएका छन् ।
'फल लाग्ने बेला भएको मकैमा नोक्सान पुर्याएको छ,' बर्दिबास-९ का किसान राम नरेशले भने, ञ वर्षामात्र भएको भए नोक्सान हुदैनथ्यो, हावाहुरीले समस्या बनायो ।झ अहिले पनि पानी परिरहेको छ ।
वर्षा हुने समयमा हुरिबतास चल्नु जलवायु परिवर्तनको असर भएको विज्ञहरुको बुझाइ छ । मौसमको अनियमित फेरबदल र बेमौसमी हावाहुरी जलवायु परिवर्तनको कारक भएको जलवायुविज्ञ विराट पन्त बताउँछन । अघिल्लो साता आएको हावाहुरीले पनि फल्दै गरेको आँप, लिची जस्ता फलफूल र बालीनालीमा असर पुर्याएको थियो ।
महोत्तरीका किसानहरुले क्षतिपूर्तिको मागसहित जिल्ला कृषि कार्यालय, कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहमा ध्यानाकर्षण समेत गराएका थिए । तराईमा केही दिनदेखि गर्मी पनि अत्याधिक बढेको छ । केही वर्ष अगाडि र अहिलेको तुलना गर्दा गर्मीमा नै निकै ठूलो फेरबदलको महसुस गरिरहेको स्थानीयहरु बताउँछन् ।
लामो समयदेखि खडेरी पर्ने र एकैचोटी वर्षा र हावाहुरी आउँदा किसानहरु समेत चिन्तित बनेका छन । 'पानी आउँदैन, आउन लाग्यो भने बौलाएर आउँछ, के हुन्छ भन्नेमा नै डर लागेर आउँछ,' बर्दिबास-३ का किसान द्रोण खड्काले चिन्ता व्यक्त गर्दै भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्ज २१ मा वडा कार्यालय निर्माणको काम सुरु, सांसद यादव र मेयर सिंहले गरे शिलान्यास
जेठ १९, २०८० शुक्रबार
अत्याधिक गर्मीले रौतहटका बिद्यालय एक हप्ताका लागि बन्द
जेठ १९, २०८० शुक्रबार
अचानक बढेको तापक्रमले बिरामीको संख्या ह्वात्तै बढ्यो
जेठ १८, २०८० बिहिबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार