ओखलढुंगामा पनि लम्पी स्किन फेला, तत्काल उपचारकाे व्यवस्था गर्न माग

नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार ११:५७:५७

९ जेठ, काठमाडौं । चौपायालाई लाग्ने लम्पी स्किन रोग ओखलढुंगामा पनि देदखएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा व्याप्त बनेबाट सयौं संख्यामा गाई भैंसी मरेको अवस्थाबीच वाग्मती प्रदेशको ओखलढुंगामा पनि देखिएको हो ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद रामहरि खतिवडाले ओखलढुंगामा देखिएको लम्पी स्किनले थुप्रै गाई भैंसी बिरामी परेको र केही संख्यामा मरिसकेको बताए । रोगको रोकथाम र उपचारका लागि तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
यो रोग लाग्दा पशुको शरीरभिर फोका उठ्ने र उच्च मात्रामा ज्वरो आउने गर्छ । तत्काल उपचार नपाए मर्ने स्थितिमा पुग्दछ ।
साथै सांसद खतिवडाले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश तत्काल नियुक्त गर्न माग गरे । संवैधानिक परिषद्ले प्रन्यामा कामु प्रन्या हरिकृष्ण कार्कीलाई नियुक्तिका लागि सिफारिस गरिसकेको छ । तर संसदीय सुनुवाइ समिति गठन हुन नसक्दा कार्कीको नियुक्ति हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा चार जना कोरोना संक्रमित थपिए
जेठ १८, २०८० बिहिबार
विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस
जेठ १७, २०८० बुधबार
घरपरिवारले साथ नदिँदा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै
जेठ १६, २०८० मंगलबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार