५५ खर्ब निक्षेप संकलन, ४३ खर्ब ऋण लगानी

नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १२:३४:४८

९ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको व्याजदर घटाउँदै लगेपनि लगानी भने त्यो अनुपातमा ऋण लगानी हुन सकेको छैन् । बैंकहरुले जेठमा कर्जाको ब्याज ०.२१ प्रतिशतले घटाएका छन् । जेठमा कर्जाको औसत ब्याजदर ०.२१ प्रतिशत विन्दुले घटेको हो । राष्ट्र बैंकले पछिल्लो तीन महिनाको औसत आधार दरका आधारमा महिनैपिच्छे कर्जाको ब्याज परिवर्तन गर्नुपर्ने व्यवस्था गरेअनुसार जेठ महिनामा सो दरमा कर्जाको ब्याजदर घटेको नेपाल बैंकर्स संघले जनाएको छ ।
नेपाल बैंकर्स संघले गरेको पत्रकार सम्मेलनमा ब्याजदर त्रमिक रुपमा घट्दै गएको र आगामी दिनमा पनि घट्ने जानकारी गराएको छ । एकातिर आधार दर घट्दै गएको छ भने अर्कोतिर स्प्रेड रेट असार मसान्तसम्म ४ प्रतिशत विन्दुमा कायम गर्नुपर्ने व्यवस्था छ, जसले क्रमिक रुपमा कर्जाको ब्याज घटेको नेपाल बैंकर्स संघको भनाइ छ ।
चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुमा ३ खर्ब रुपैयाँ निक्षेप थप भएको छ भने सो अवधिमा १ खर्ब २४ अर्ब मात्रै कर्जा प्रवाह भएको छ । यो आर्थिक वर्षको अन्त्यसम्म थप २ खर्ब रुपैयाँ निक्षेप थप हुने अनुमान रहेको छ । हालका दिनमा तरलता सहज भए पनि आगामी दिनमा चाप पर्न सक्ने संघको अनुमान छ । सरकारले आन्तरिक ऋण पनि उठाइरहेको छ । अर्कोतिर प्रभावकारी रुपमा पुाजीगत खर्च हुन सकेको छैन त्यसकारण तरलता आगामी समय चापमा रहन सक्ने बैंकरहरु बताउँछन् ।
हाल वाणिज्य बैंकहरुको सीडी रेसियो (निक्षेपमा कर्जा अनुपात) घट्दो क्रममा देखिएको छ । गत वर्षको साउनमा ८८ प्रतिशत रहेको यो रेसियो वैशाख मसान्तसम्म ८४.८८ प्रतिशतमा झरेको छ । यतिबेला बैंक तथा वीत्तीय संस्थाहरुको कुल निक्षेप ५५ खर्बमाथि छ । बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीकोसमेत गरी कुल निक्षेप ५५ खर्ब नाघेको हो । कुल निक्षेपमध्ये बाणिज्य बैंकहरुको निक्षेप ४८ खर्ब ५१ अर्ब रहेको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी पनि साढे ४८ खर्ब पुगेको छ । कुल वित्तीय संस्थाहरुको कुल ऋण लगानी ४८ खर्ब ४६ अर्ब पुगेको हो । यसमध्ये बाणिज्य बैंकहरुको मात्र ४२ खर्ब ९५ अर्ब रहेको छ । निक्षेप बढ्ने तर कर्जा बिस्तार सुस्त हुने हुँदा अहिले बैंकहरुको कर्जा–निक्षेप अनुपात घट्दै गएको छ । औषत कर्जा निक्षेप अनुपात ८४.७४ प्रतिशत छ । तरलतामा सुधार भएपनि अन्तर बैंक सापटी दर भने घटेको छैन । अहिले पनि सात प्रतिशतमा अन्तर बैंक सापटी चलिरहेको छ ।
यता, सरकराले उठाउँदै आएको आन्तरिक ऋणको व्याज पनि केहि सस्तिएको छ । २८ दिनेको ब्याज सस्तिएको हो । ३६४ दिने ऋणपत्र (ट्रेजरी बिल) को ब्याज भने चालु वर्षकै सबैभन्दा सस्तो कायम भएको छ । सोमबार जारी ट्रेजरी बिलको ब्याज दर ८.८० प्रतिशत कायम भएको छ । ९१ दिने र १८२ दिने ऋणपत्रको दर भने अझै माथि नै छ । ९१ दिनेको ९.३२ प्रतिशत कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक दर ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशतमा झारेको छ । तर यसको असर ट्रेजरी बिलको ब्याजमा भने परेको छैन । अहिले निक्षेपको ब्याज घटेको र ऋणको माग नभएको अवस्थामा ट्रेजरी बिलको ब्याज तल आएको हो । राष्ट्र बैंकले बैंक दर कम गरे पनि ट्रेजरीको ब्याजमा हस्तक्षेप गरेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको संस्थापक शेयर लिलामी भर्ने अन्तिम दिन कहिले ?
जेठ २३, २०८० मंगलबार
कुमारी बैंकको संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन
जेठ २२, २०८० सोमबार
सिटिजन्स बैंक र ब्लुबर्ड इन्टरनेसनल क्लिनिकबीच समझदारी
जेठ १९, २०८० शुक्रबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
शरणकुमार अर्याल
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
जेठ २२, २०८० सोमबार
गुणस्तर तथा नापतौल कार्यालयका नासु यादवको चार करोड अतिरिक्त सम्पत्ति
जेठ २२, २०८० सोमबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
जेठ २३, २०८० मंगलबार
नेपाली बजारमा सुनको भाउ बढ्यो, तोलाको कति ?
जेठ २३, २०८० मंगलबार
कुमारी बैंकको संस्थापक शेयर लिलामी भर्ने अन्तिम दिन कहिले ?
जेठ २३, २०८० मंगलबार
विवाहको पहिलो रातमै दुलाहा दुलहीको निधन
जेठ २३, २०८० मंगलबार
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज
जेठ २३, २०८० मंगलबार
धनगढीका लागि उडेकाे श्री एयरलाइन्सको जहाजमा समस्या, काठमाडौंमा सुरिक्षत अवतरण
जेठ २३, २०८० मंगलबार