संसद बैठकमा केसीकाे प्रश्नः ‘केपी ओलीले नक्कली शरणार्थीबारे कुरा किन लुकाए ?
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १२:४४:१९
९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननर सिंह केसीले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रमाण पुग्ने सबैलाई अनुुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरे ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद केसीले प्रकरण जघन्य अपराध भएको र यसमा कोही पनि दोषी छु्टाउन नहुने बताए ।
प्रकरणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रकरणमा ४ सय नेपाली विदेश पुगिसकेको अभिव्यक्ति संसदको रोष्ट्रमबाट दिइसकेको अवस्थामा प्रशासनले उनलाई बोलाएर सोधुपुछ गर्नुपर्ने बताए ।
‘माननीय ओलीज्यूलाई प्रकरण आफूलाई पहिल्यैदेखि थाहा भएको बताएका छन् । ४ सय नेपाली गैरशरणार्थी बनेर विदेश पुगसकेको बताएका छन्’ सांसद केसीले भने, ‘जघन्य अपराधसम्बधी विषयमा यति गम्भीर खुलस्त गर्ने र धेरै कुरा थाहा भएको भन्ने व्यक्तिलाई तत्काल अनुसन्धानको दायरामा ल्याउनुपर्छ ।’
उनले ओलीले प्रकरणमा निष्पक्ष छानबिन र पूर्ण अनुसन्धानमा सहयोग पुर्याउनुपर्ने बताए । ‘संसद बैठकमा सबै कुरा भन्नु भन्नुभयो तर केही भन्नुभएन’ उनले भने, ‘धेरै कुरा थाहा छ भन्ने तर कुरा लुकाउने काम नगरौं।’ दोषी कसैलाई उन्मुक्ति नमिल्ने गरी मुद्दा चलाउनुपर्ने उनको भनाइ छ ।
यस्तै, केसीले सरकारले ल्याएको आउँदा आर्थिक वर्षको नीति तथा कार्यक्रम वस्तुनिष्ठ र आवश्यकतामा आधारित रहेको बताए । कार्यान्वयनमा सत्ता पक्ष र प्रतिपक्ष नभनी एकजुट भएर अगाडि बढनुपर्नेमा जोड दिए । गाली र तालीले मात्र नीति तथा कार्यक्रम सफल नहुने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार