शेयरबजारमा सकारात्मक माहोल !
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १२:४७:१३
९ जेठ, काठमाडौं । शेयरबजारमा सकारात्मक माहोल बन्दै गएको छ । नेप्से सूचकका साथमा औसतमा खरिदबिक्री रकम पनि विस्तार हुन थालेको छ । यसैक्रममा मंगलबार इन्ट्रा डे कारोबारमा नेप्से सूचक १९ सय विन्दुभन्दा माथि पुगेर कारोबार भइरहेको छ ।
४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ । आम लगानीकर्ताका लागि मनोवैज्ञानिक रुपमा महत्व राख्ने १९ सय विन्दुलाई नेप्सेले पार गरेको हो ।
बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । ब्याजदर घट्न थालेको छ । बैंकर्स संघले असारमा कर्जाको ब्याजदर थप घट्ने र तरलता पनि ह्वात्तै बढ्छ भनेपछि सेयर बजारमा थप सकारात्मक प्रभाव परेको अनुमान गरिएको छ ।
यसैगरी, धितोपत्र बोर्डले ७ वटा नयाँ ब्रोकरलाई लाइसेन्स दिएको छ । अब अरु थपले पनि धमाधम लाइसेन्स पाउँदैछन् । यसको सकारात्मक प्रभाव पनि बजारमा परेको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार