नीति तथा कार्यक्रमलाई बजेटमा ‘टाईअप’ गराैं : स्वर्णिम वाग्ले
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १३:२१:४४
९ जेठ, काठमाडौं । रास्वपा सांसद स्वर्णिम वाग्ले सरकारको नीति तथा कार्यक्रमलाई बजेटमा ‘टाइअप’ गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद वाग्लेले नीति र कार्यक्रम अगाडि ल्याउने परम्परालाई तोडेर बजेटमै समेटनुपर्ने बताए ।
बजेटभन्दा अगाडि ल्याउने नीति तथा कार्यक्रमकै अधिकांश विषय बजेटमा आउने गरिएको बताउँदै आउने वर्षका कार्यक्रमलाई दुई दुईपटक गरी ल्याउँदा छलफलकै नाममा सांसदहरुको समय बर्बाद भएको बताए । सांसदहरुले जति पनि सुझाव र संशोधन दिएपनि ‘कमा, फुलस्टप’ सम्मन परिवर्तन नहुने परम्परा यसपटक पनि दोहोरिनेमा आफूलाई कुनै शंका नरहेको उनले बताए ।
‘नीति तथा कार्यक्रम र बजेटलाई पटपकटक गरी ल्याउँदा हामी सांसदहरुले समय बर्बाद भएको छ । संशोधन र सुझाव जे दिएपनि परिवर्तन हुने कुरा देखिँदैन, यो सरकारको परम्परा नै हो’ उनले भने, ‘त्यसकारण बजेटमै नीति तथा कार्यक्रमका मुख्य बुँदा बनाएर रकम विनियोजन गर्ने र त्यसमा सैद्धान्तिक र व्यवहारिक पक्षबारे गम्भीर छलफल गर्दा परिणाममुखी हुनेछ, उत्तरदायी हुनेछ ।’
नीति र कार्यक्रममै विषय बजेटमा दाेहाेरिने गरिएकाे उनकाे भनाइ छ । ‘फेरि नीति तथा कार्यक्रमै कुरा बजेटमा दोहोर्याउनु हुन्छ, नीतिले केसम्म गर्छ ? भन्ने कुराकै टुंगो छैन, क्रम भंगतातिर लाने हाे भने यो निर्जीव पानाहरुलाई बजेटसँगै लगेर गाभिऔं’ उनले भने ।
उनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी बाहेक केही नभएको बताउँदै पुनर्लेखन वा फिर्ता लिनु भन्नुको कुनै अर्थ नहुने बताए । यसमा रास्वपाले ब्यंग्य र तिक्तता नेपोख्ने, बरु रचनात्मक सुझाव दिने बताउँदै बजेटको रुप हेरेर मात्र नीति र कार्यक्रमको औचित्य सावित हुने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार