बजेट कटौती रोक्न माग गर्दै सुदूरपश्चिमको टोली सिंहदरवारमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १३:२७:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/Sudurpaschhim-at-Singhadurbar2023-05-23-01-01-39_gnQRjnfpq9_YR4OXCTRip.jpeg)
९ जेठ, काठमाडौं । संघीय सरकारले प्रदेशमा दिने बजेट कटौती गर्ने जानकारी स्वरूप पत्र पठाएपछि बजेट कटौती नगर्न माग राख्दै सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोली काठमाडौं आएको छ । टोलीले मंगलबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई भेटेर आफ्ना गुनासाहरू राखेको छ ।
सुदूर पश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता, र सबै मन्त्रीहरुसहित मुख्यमन्त्री शाहले आयोगका उपाध्यक्ष श्रेष्ठसँग भेटेर आगामी बजेट र सुदूर पश्चिम प्रदेशका समस्या राखेका छन् । भेटमा शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूर पश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राख्न माग गरेका छन् । अथाह सम्भावनाहरु भएर पनि सुदूर पश्चिम पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराएका हुन् ।
भेटमा आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बजेट माग्न सिंहदरबार धाउनुपर्ने वाध्यता अब हटेको बताएका थिए । कुनै बेला काठमाडौं आउनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने वाध्यता रहेका सुदूर पश्चिम टाढाजस्तो लागे पनि अहिले काठमाडौंबाट धेरै टाढा नरहेको सुनाएका थिए ।
सुदूर पश्चिमलाई सरकारले ल्याएको नीति तथा कार्यक्रमले राम्रोसँग समेटेको भन्दै उनले बजेटले पनि राम्रै स्थान दिनेमा ढुक्क रहन आश्वासन दिए । सिंहदरबारबाट सुदूर पश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेर नै संघीयता आएको भन्दै श्रेष्ठले सुदूर र कर्णालीका योजना सुदूर कर्णालीले नै बनाउने हो भनेका थिए । टोलीले अर्थमन्त्रीसँग पनि भेट गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार