रास्वपाका सभापति रवि लामिछानेविरुद्ध दरपीठ भएको रिट दर्ता गर्न आदेश
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १४:३४:३८
९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछाने विरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले रिट दर्ता गर्न आदेश दिएको हो । उक्त रिट गएको वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो । वैशाख २८ मा सर्वोच्च प्रशासनले रिट दरपीठ गरेको थियो ।
सर्वोच्च प्रशासनले दरपीठ गरेको रिट पुनः दर्ताका लागि युवराज पौडेल ’सफल’ले यही जेठ २ मा निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल इजलाशले रवि विरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो । सफलले लामिछाने सांसद हुन अझै अयोग्य रहेको रिटमा जिकिर गरेका छन् । लामिछानेले पुनः नागरिकता प्राप्तिको प्रक्रिया पूरा नगरी नागरिकता लिएको र त्यही आधारमा उपनिर्वाचनबाट निर्वाचित भएको उनको जिकिर छ ।
लामिछानेले अमेरिकाको नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले गत माघ १३ गते सांसद पद खारेज गरेको थियो । उक्त रिट दर्ता गराएका सफलले नै फेरि लामिछानेको सांसद पदको योग्यता सम्बन्धी रिट लगेका हुन् । यसअघि सर्वोच्च अदालतले लामिछानेसँग अमेरिकी राहदानी त्यागेको प्रमाण पेस गर्न आदेश दिएको थियो ।
युवराज पौडेलको निवेदनका आधारमा सर्वोच्चले जिल्ला प्रशासन कार्यालय, बबरमहल र अध्यागमन विभाग, कालिकास्थानलाई पत्र लेख्दै प्रमाण उपलब्ध गराउन आदेश दिएको थियो । उक्त राहदानी ल्यागेको प्रमाण अझै सर्वोच्चले नपाएको बतायएको छ । ‘निवेदक युवराज पौडेल सफल र प्रत्यार्थी-विपक्षी महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौँसमेत भएको उत्प्रेषण समेत विषयको रिट निवेदनमा मिति २०७९/१२/२२ मा प्रस्तुत मुद्दाका प्रत्यर्थी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौँ जहाँ भए पनि झिकाइ पेस गर्नु भनी भएको आदेशानुसार प्रस्तुत पत्र लेखिएको छ,’ सर्वोच्चको पत्रमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिटमाथि प्रारम्भिक सुनुवाई बुधबार हुने
जेठ १४, २०८१ सोमबार
गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर
जेठ १४, २०८१ सोमबार
कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश
जेठ ११, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
सर्वोच्चबाट पत्र पुगेपछि गण्डकीमा कांग्रेसका पाण्डेले मुख्यमन्त्रीको शपथ लिने
जेठ १६, २०८१ बुधबार
कोरोना जस्तो अर्को महामारी आउने बेलायती वैज्ञानिकको दावी
जेठ १६, २०८१ बुधबार
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले कस्तो गर्ला आदेश
जेठ १६, २०८१ बुधबार
गर्मी अत्यधिक बढ्दै, तराईमा तीन दिनसम्म तातो हावा चल्ने
जेठ १६, २०८१ बुधबार
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे
जेठ १६, २०८१ बुधबार
वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार
जेठ १६, २०८१ बुधबार