घर बनाउन राहत रकम नपाउँदा बाढीपीडित चिन्तित
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १४:३८:३०
९ जेठ, गलकोट । बाढीपहिरोले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले नेपाल सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन् ।
विसं २०७७ भदौ १७ गते भूजीखोलामा आएको बाढीपहिरोले क्षति पु¥याएको घर बनाउनका लागि प्राप्त हुने राहत रकम घर बनाइसक्दासमेत पाउन नसकेका हुन् । घर निर्माण पश्चात् ८२ बाढीपीडितले रु। चार लाखका दरले पाउनुपर्ने रकममध्ये जम्मा ५० हजारका दरले मात्रै पाएकामा दोस्रो किस्ता रकम सात महिनादेखि पाउन नसकेका हुन् ।
नगरपालिकाबाट दोस्रो किस्ताका लागि आवश्यक मागदाबी नआएका कारण पीडितलाई राहत दिन नसकिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिए ।
“ढोरपाटनमा बाढी जाँदा ठूलो जनधनको क्षति भएको रहेछ ३७ जनाले ज्यान गमाएका र १५ जना बेपत्ता भएका रहेछन्, घर बनाउनका लागि प्रक्रिया पुगेका ८२ पीडित परिवारले जिल्ला प्रशासन कार्यालयबाट सात महिनाअघि मात्रै पहिलो किस्ताबापत रु ५० हजारका दरले लिएका रहेछन्” उनले भने “दोस्रो किस्ताका लागि नगरपालिकाले माग गरेको छैन, यसका लागि मापदण्डअनुसारको घर निर्माण भएको प्रमाणसँगै नगरपालिकाको सिफारिस आवश्यक छ, उक्त नगरपालिकाले दोस्रो किस्ताका लागि पीडितहरुको प्रक्रिया नपु¥याउँदा सात महिनादेखि दोस्रो किस्ताको रकम अड्किएको छ ।” नगरपालिकाले छिटो कानुनी प्रक्रिया पूरा गरेमा पीडितलाई रकम भुक्तानी गर्न समस्या नरहेको प्रजिअ श्रेष्ठको भनाइ थियो ।
विसं २०७७ मा बागलुङ जिल्लालाई मनसुनजन्य विपद् प्रभावित जिल्लाको रुपमा सूचीकृत गरिएकाले ढोरपाटनसहित जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकासहित छ पालिकाका बाढी तथा पहिरोपीडितले घर बनाउन नेपाल सरकारले दिनुपर्ने राहत रकम अझै पूर्णरुपमा पाउन सकेका छैनन् ।
जिल्ला प्रशासन कार्यालयले विपद्का बेला कर्मचारी नै खटाएर राहतका लागि सबै पालिकालाई आह्वान गरेपनि सबैभन्दा बढी पीडित रहेको ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताको रकम सात महिना बित्दासमेत दाबी गर्न नसकेको जिल्ला प्रशासन कार्यालयका विपद् संयोजक तेजराज गौतमले बताए । दोस्रो किस्ताका लागि जैमिनी नगरपालिका र निसीखोलाबाट मात्रै माग दाबी आएको उनको भनाइ थियो।
“सबैभन्दा समस्याग्रस्त क्षेत्र ढोरपाटन हो, बाढीपीडतले तीन वर्षपछि घर बनाए तर राहतका लागि दोस्रो किस्ता बापतको रु दुई लाख दिन सकिएको छैन, नेपाल सरकारले प्रमाणका आधारमा मात्रै भुक्तानी दिने हो पालिकाबाट घर बनेको प्रमाणसहित माग आउन प¥यो, हामीले निरन्तर पालिकालाई ताकेता गरिरहेका छौंँ”–संयोजक गौतमले भने ।
ढोरपाटनका बाढीपीडितले दोस्रो किस्ताबापत पाउनुपर्ने रु दुई लाखका दरले रु एक करोड ६४ लाख रकम भुक्तानी गर्न नसकिएको भन्दै जिल्ला प्रशासन कार्यालयले २०७९ चैत २२ गते नगरपालिकामा पत्र पठाइसकेको थियो । बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्याङ्कनका लागि प्राविधकि खटाउने तयारी गरिएको छ तर मुल्याङ्कन फाराम नपाउँदा विवरण सङ्कलनमा ढिलाइ भएको उक्त नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्याङ्कनका लागि तत्कालै बाढीग्रस्त क्षेत्रमा पाठाइने र मूल्याङ्कन पश्चात जेठ महिनाभित्रै दोस्रो किस्ताको रकम मागका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी रहेको बताए । बाढीपीडितहरुले सरकारले दिने अनुदानको आशले ऋण खोजेरै भएपनि घर निर्माण गरेका थिए। दोस्रो किस्ता वापत रु दुईलाख भुक्तानी गरेपछि पुनः घर सम्पन्नताको सिफारिसपछि तेस्रो किस्ता बापतको रु एक लाख ५० हजार भुक्तानी गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बाढीका कारण ढोरपाटनमा घरसँगै विद्यालय, सडक, खानेपानी, पुल तथा जलविद्युत् आयोजनामा क्षति पु¥याएको थियो । उक्त नगरपालिकाका ८२ बाढीपीडितसहित बागलुङ नगरपालिकामा २९ परिवार, बडिगाड गाउँपालिकामा २२, ताराखोला गाउँपालिकामा नौ, जैमिनी नगरपालिकमा ३५ र निसीखोला गाउँपाकिलामा ३६ गरी २१३ बाढीपीडितले घर निर्माणका लागि रु चार लाख पाउने जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।
पालिकाले बाढीपीडितको घर बनाउन प्राविधिक सहयोग, जग्गा व्यवस्थापन र आवश्यक कानुनी प्रक्रिया पूरा नगराउदा हालसम्म दुई सय १३ बाढीपीडितले दोस्रो किस्ता प्राप्त गर्न सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
राशिफलः आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
नागरिकलाई जुत्ताको माला लगाएर घुमाउन वडा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार