मधेश प्रदेशका नवनियुक्त ३ जना मन्त्रीले लिए शपथ
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १५:२४:०
९ जेठ, जनकपुरधाम । मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सरोज यादवको सिफारिसमा नेपाली कांग्रेसका २ र नेकपा (एकीकृत समाजवादी)का १ जनालाई मन्त्री नियुक्त गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
प्रदेश प्रमुख कार्यालययका अनुसार प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा कृष्णा प्रसाद यादव र स्वास्थ्य मन्त्रीको रूपमा विरेन्द्र प्रसाद सिंहले शपथ लिएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा एकीकृत समाजवादीबाट गोबिन्द बहादुर न्योपानेले शपथ लिएका छन् ।
यसैबीच मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले भने सरकारमा रहेका उद्योग वन तथा पर्यटन मन्त्री सुनिता यादव र राज्यमन्त्रीलाई फिर्ता बोलाएको छ । मधेश प्रदेश सरकारमा रहेका मन्त्री सुनिता यादव र रहबर अन्सारीलाई फिर्ता बोलाएको मधेस प्रदेशका दलका नेता भरत प्रसाद साहले बताए । बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने उनले बताए ।
मुख्यमन्त्री यादवको कार्यशैलीप्रति जनमत र लोसपा पनि असन्तुष्ट बनेका छन् । लोसपालाई एक मन्त्रालय दिइएको तर उसले नाम दिएको छैन । जनमतका मन्त्री वसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारीबाट हटाएर विना विभागीय बनाइदिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
प्रतिनिधि सभा बैठक : आज गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने
असार १७, २०८१ सोमबार
नागरिक उन्मुक्ति पार्टीे संसदीय दलको नेतामा गंगाराम चयन, रञ्जितालाई हटाइयो
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
युरोकप: आज राति पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम खेल्दै
असार १७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका उमेश खत्री
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार