विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १६:१:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/pakrau_20181126115448_nUf8dCUdJV_axyCNZ9tML.jpg)
९ जेठ, काठमाडौं । देशका विभिन्न स्थानबाट पाँचजना लागुऔषधसहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका(३२ स्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोईन १० ग्राम ५ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँसहित पाँचथर फिदिम नगरपालिका(१० ठेगाना भएका ३९ वर्षीय दिनेश लोवालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधार लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ५ सय मिलिग्राम र सोही ठाउँस्थित डेरा कोठाबाट थप ९ ग्राम खैरो हेरोईन, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँ बरामद गरेको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुबाट अवैध लागूऔषध खैरो हेरोईन २ ग्रामसहित पाँचथर फिदिम नगरपालिका-१ ठेगाना भएका २९ वर्षीय निश्चत श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको टीकापुर नगरपालिका-९ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय मिलिग्रामसहित गौरीगंगा नगरपालिका(६ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरीको एकडारा गाउँपालिका-३ अजमरपट्टीबाट अवैध लागूऔषध गाँजा करिब १ सय केजीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी गाउँपालिका-१ बस्ने २९ वर्षीय रुपेश गोले र सोही ठाउँ बस्ने २६ वर्षीय अनिल पाख्रिन रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी ट्रकका चालक रुपेश र सहचालक अनिललाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक किलो २४७ ग्राम कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ
असार १७, २०८१ सोमबार
असई थमन विकको हत्या प्रकरण, पूर्वसांसद यादव पक्राउ
असार १६, २०८१ आइतबार
विभिन्न स्थानबाट २०८ किलो गाँजासहित पाँच जना पक्राउ
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
को बन्ला भारतीय टी-२० क्रिकेट टिमको कप्तान ?
असार १८, २०८१ मंगलबार
रास्वपाको केन्द्रीय समिति बैठक शुरु, महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल हुँदै
असार १९, २०८१ बुधबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १९, २०८१ बुधबार
युरोकपमा क्वाटरफाइनलको समीकरण पुरा
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशनमा आज छलफलबाट आएका सुझावलाई प्रस्तुत गरिँदै
असार १९, २०८१ बुधबार