नेप्सेमा उच्च अंकको वृद्धि, शिवम् सिमेन्ट शीर्ष स्थानमा
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १६:१६:३४
९ जेठ, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलब ६३ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक आठ दशमलब ८५ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलब ७४ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएकाले आज बजारमा हरियाली छाएको हो ।
कूल ६० लाख ६७ हजार चार सय ३२ कित्ता शेयर रु दुई अर्ब २० करोड २३ हजार नौ सय ४५ मूल्यमा खरिद बिक्री भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड पाँच लाख १५ हजार चार सय ३९ मूल्य बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु आठ करोड ९९ लाख २७ हजार नौ सय ४५, एनआइसी एशिया बैंक रु सात करोड २३ लाख ६१ हजार दुई सय १३, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रु सात करोड १९ लाख ९७ हजार दुई सय ३३ र हिमालयन डिस्टिलरी रु छ करोड ७९ लाख छ हजार तीन सय ७५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार, कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले आठ दशमलब ३७ प्रतिशतले कमाएका छन् । सनराइज फस्ट म्युचुअल फण्ड दुई, ग्लोबल आइएमई बैंकको ऋणपत्र एक दशमलब ९८, लक्ष्मी उन्नती कोष एक दशमलब ६५, लक्ष्मी बैंकको ऋणपत्र एक दशमलब ६५ र आर्दश लघुवित्तका लगानीकर्ताले एक दशमलब २३ प्रतिशतले गुमाएका छन् । आजको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ३४ अर्ब बराबर पुगेको छ ।
(((
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
ओली रिझाउन नसक्दा लामो राजनीतिक यात्राको उत्तरार्धमा पुगेर उथलपुथल भए भीम रावल !
पुष १४, २०८१ आइतबार
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
झारपातले कुरुप बन्दै रारा तालको पश्चिम क्षेत्र
पुष १४, २०८१ आइतबार
ड्रागन बोटरेसमा प्रतिस्पर्धा गरिँदै
पुष १४, २०८१ आइतबार
जाडो छल्न आएको जलेवा
पुष १४, २०८१ आइतबार