पुरानो दाबी भुक्तानी सक्ने याेजनामा स्वास्थ्य बीमा बोर्ड
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १६:३७:१२
९ जेठ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले पुराना दाबीलाई पहिलो प्राथमिकता दिँदै भुक्तानी दिन सुरु गरेको छ । बोर्डले यसअघिका नयाँ र पुराना दुवै दाबीको भुक्तानीमा परिवर्तन गरेको हो ।
बोर्डको नयाँ लक्ष्य अनुसार अगाडिदेखि बाँकी रहेका दाबीहरुलाई सकेर मात्र नयाँ हेर्ने बोर्ड प्रवक्ता शम्भु ज्ञवालीले बताए । उनका अनुसार वैशाखदेखि यताका दाबीलाई हेरिएको छैन । चालु आर्थिक वर्षको माघसम्मको दाबी भुक्तानी फर्छ्यौट गरेको उनले बताए ।
चालु आर्थिक वर्षमा मात्र ७ पटकमा ८ अर्बभन्दा बढीको दाबी भुक्तानी गरिएको छ । असार मसान्तसम्म १२ अर्ब रुपैयाँसम्म भुक्तानी गर्ने लक्ष्य राखेको बोर्डले जनाएको छ ।
लामो समयदेखि भुक्तानी पर्खिरहेका बीमितले अब पर्खन नपर्ने बोर्डको दाबी छ । भुक्तानीका लागि ठूला अस्पतालहरुबाट धेरै दाबी पर्ने गरिएको छ । हाल देशभर ४ सय ५७ वटा सेवा प्रदायक संस्थामा करिब ६२ लाख जनसंख्या आवद्ध रहेको बोर्डको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार