अभिनेता थलपति विजयको पारिश्रमिक २०० करोड
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १६:५८:३५
९ जेठ, मुम्बई । कुनै समय थियो, भारतीय फिल्मको नाम लिँदा बलिउडलाई नै सबै कुरा सम्झने गरिन्थ्यो । तर, अब क्षेत्रीय फिल्म, खासगरी साउथ फिल्म उद्योगको विस्तार विश्वभर बढिरहेको छ ।
साउथ फिल्मको पेन इण्डिया रिलिजका बीच यो उद्योगका स्टारले पनि आफ्नो पारिश्रमिक बढाइरहेका छन् । साउथमा महंगा अभिनेताको नाम लिँदा अभिनेता थलपति विजयको नाम अग्रस्थानमा आउँछन् । हालै विजयले भने आफ्नो पारिश्रमिक बढाएका छन् ।
समाचारअनुसार थलपति विजयले फिल्म ‘वारिसु’को सफलता पछि नयाँ प्रोजेक्टका लागि २०० करोड पारिश्रमिक लिँदैछन् । यद्यपि कतिपयले उनको पारिश्रमिक बढेको कुरा केवल अफवाह मात्र बताए पनि उनले पारिश्रमिक बढाएको कुरामा भने फिल्मकर्मी सहमत छन् ।
थलपतिको पारिश्रमिक अर्का साउथ सुपरस्टार रजनीकान्तको भन्दा बढी छ । विजयले आफ्नो बढ्दो बजार अपिल र बक्स अफिस सफलतापछि पारिश्रमिक बढाएका हुन् । साउथमा विजय स्टोरी लाइन बिना नै सफलताको ग्यारेन्टी बनिसकेका छन् । त्यसकारण पनि निर्माताहरु जोखिम मोल्न तयार भइरहेका छन् । योभन्दा अघि वेन्कट प्रभुका साथ आगामी प्रोजेक्टका लागि विजयले १ सय ५० करोड पारिश्रमिक लिएको चर्चा चलेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार