बोआओ फोरममा नजाने निर्णय नेपालकाे नभएकाे प्रधानमन्त्रीको दाबी
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १७:४६:३६
९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनमा भएको बोवाओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पारेका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले चीनमा भएको बोवाओ फोरममा चिनियाँ राजदूतले नै देशभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन र गठबन्धनको अस्थिरता देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले स्वीकारेको बताए । समय, परिस्थिति अनुसार छिमेकी देशहरूको भ्रमण गर्ने उनले बताए ।
गएको पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्डले चीनको निम्तोलाई अस्वीकार गरी भारत जान लालयित भएको भन्दै एमाले लगायत दलका सांसदहरुले संसद बैठकमै आलोचना गर्दै आएका छन् ।
बैठकमा प्रधानमन्त्रीले पहिला कुन देशको भ्रमण गर्ने भन्ने कुरा महत्वको नभएको बताए । उनले आफू पहिलोपटक प्रधानमन्त्री बन्दा चीनबाटै अन्तर्राष्ट्रिय भ्रमण गरेको स्मरण समेत गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार