म्याग्दीको ढकायो विदेशमा कोसेली
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १८:८:४३
९ जेठ, म्याग्दी । म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने ढकायो साग कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले ढकायोलाई कोसेलीका रुपमा लैजाने गरेका हुन् ।
अन्नपूर्ण गाउँपालिका–३ काभ्रेकी सुकमाया बुढाथोकीले बेलायत, हङकङ, जापानलगायत देशमा ढकायो पठाउने गरेको बताइन । “विदेशमा रहेका आफन्तलाई कोसेली पठाउन दुई जनालाई एक दिनको ज्याला दिएर जङ्गलबाट ढकायो टिप्न लगाई सुकाएर राखेको छु”, उनले भने, “घुम्न आउने पर्यटकहरुले पनि किनेर लैजान्छन् ।”
मुस्ताङ जाने र फर्कने स्वदेशी पाहुनाहरुले पनि ढकायोको साग किनेर कोसेली लैजाने गरेका र विदेशमा भएका आफन्तले माग गरेपछि हरियो ढकायो टिपेर सुकाई गुन्द्रुक बनाइएको बुढाथोकीले बताइन । उनले करिब एक सय किलोग्राम ढकायोको गुन्द्रुक बनाएर राखेकी छिन् ।
विदेशमा म्याग्देलीले सञ्चालन गरेका रेष्टुराका मेन्युमा ढकायोको गुन्द्रुक परिकारका रुपमा पाइन्छ । स्वादिलो, तागतिलो, पोषिलो र स्वस्थकर हुने भएकाले विदेश तथा देशका विभिन्न बजार क्षेत्रमा ढकायोको गुन्द्रुकको माग बढेको हो । बेनीको कोसेली घरकी सञ्चालक पुष्पा पुनले म्याग्दी घुम्न आउने पाहुनाहरुले ढकायोकै गुन्द्रुक किनेर लैजाने गरेका बताइन् ।
जेठ महिना ढकायोको साग सङ्कलन गर्ने याम हो । म्याग्दीको दाना, नारच्याङ, शिख, घार, हिस्तान, राम्चे, कुइनेमङ्गलेका बासिन्दा ढकायो सङ्कलन गर्न जङ्गल जान थालेका छन् । दुई हजार पाँच सयदेखि तीन हजार मिटर उचाइमा ढकायोको साग पाइन्छ ।
बिहानै उठी जङ्गल गएर साँझ बोरामा एक भारी ढकायो लिएर आउन सकिने अन्नपूर्ण–३ काभ्रेका रामु बुढाथोकीले बताए । हरियो र ताजा ढकायो सागलाई कुटेर तीन दिनसम्म चर्को घाममा सुकाइन्छ र यसलाई प्लास्टिक तथा बट्टामा प्याकिङ गरेर राखेपछि एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
आलुलगायत अन्य प्रजातिका तरकारीमा मिसाएर उपभोग गर्न सकिने ढकायो सुकाउने क्रममा पानीबाट बचाउन ध्यान दिनुपर्ने दाना काभ्रेका बमबहादुर राम्जालीले बताए । बजारमा माग आएपछि खेर गइरहेको ढकायोको साग आम्दानीको स्रोत बनेको छ । ढकायो सङ्कलन गरेर एकै दिनमा दुईदेखि तीन हजारसम्म आम्दानी गर्न सकिने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार