१६ आरोपीविरुद्ध सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गराउँदै
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार ८:१३:११
१० जेठ, काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप लागेको १६ जना आरोपीविरुद्ध आज अदालतमा मुद्दा दर्ता गरिदैँछ । मंगलबार नै मुद्दा दर्ता गराउने तयारी गरिएको भए पनि सरकारी वकिलको कार्यालयले अभियोजनको काम नसकिएको भन्दै आज मात्रै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराउन लागेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सो प्रकरण माथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई सोमबार नै बुझाइसकेको छ । तर, सो अनुसन्धान प्रतिवेदन माथिको अभियोजनका काममा दुई दिन लागेपछि आज बुधबार मात्र मुद्दा दर्ता गराउन लागिएको सरकारी वकिल कार्यालय प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।
प्रहरीले प्रतिवेदन बुझाउँदा विशेष गरी तीन वटा कसुरमा मुद्दा लग्नु पर्ने सुझाव सरकारी वकिलको कार्यालयलाई दिइ सकेको छ । ठगी, संगठित अपराध र राज्य विरुद्धको कसुरमा हाललाई १६ जनालाई मुद्दा लगाउन प्रस्ताव गरिएको प्रहरी प्रतिवेदनको पूर्ण अध्ययन गरेर मात्रै बुधबार सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराउन लागेको हो ।
सो प्रकरणमा १४ जनाभन्दा बढी फरार रहेको जनाउँदै उनीहरूलाई जतिसुकै बेला पनि पक्राउ गर्ने गरी प्रहरीले बुझाएको प्रतिवेदनमा टेकेर सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गराउन लागेको हो ।
सो प्रकरणमा हालसम्म पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतका ‘भीआईपी’ सहित १६ जनालाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको छ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालगायत १२ जना भने फरार रहेको प्रहरीले जनाएको छ । क्रममाथिको छलफल जारी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार