लमजुङको सुन्दरबजारमा म्याराथुन प्रतियोगिता हुने
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार ११:३५:५६
१० जेठ, लमजुङ । लमजुङमा राष्ट्रव्यापी खुला दोस्रो मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा अगामी २ असारमा सो प्रतियोगिता हुने भएको हो ।
जिल्ला खेलकुद विकास समिति अध्यक्ष योगबहादुर गुरुङ (कालु)ले २ असारमा राष्ट्रव्यापी खुला दोस्रो मिनी म्याराथुन प्रतियोगिता हुने जानकारी दिएका हुन् । १५ किलो मिटरको मिनी म्याराथुन बेसीशहर नगरपालिकाको प्रबेशद्धारबाट सुरु भई, सुन्दबाजर नगरपालिका ८ अकला मन्दिर, बगैचा, सिउँडीबार, फेदीकुना, सुन्दरबजार कृषि क्यापस गेट, पाँउदी हुँदै फुलबारी, सिउँडीबारदेखि कृष्ण बगैचामा समापन हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार पाँच सय ५० रुपैयाँ मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसै गरी द्वितीय पुरस्कार २५ हजार पाँच सय ५० रुपैयाँ मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद १५ हजार पाँच सय ५० मेडल प्रमाण पत्र रहेको छ । सान्त्वनालाई पुरस्कार १० हजार पाँच सय रुपैयाँ र सहभागी प्रत्येकलाई प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए।
जिल्लामा खेल क्षेत्रको विकास तथा उत्कृष्ट खेलाडी उत्पादनका लागि संभावना धेरै भएपनि कार्यलयमा कर्मचारी नहुँदा तथा बजेट अभावका कारण पर्याप्त मात्रामा खेल गतिविधि सञ्चालन गर्न नसकिएको जिल्ला खेलकुद विकास समितका अध्यक्ष गुरुङको भनाइ छ ।
उक्त प्रतियोगिताका लागि पुरस्कार सहित अनुमानित खर्च दुई लाख ४६ हजार ६ सय ५० रुपैयाँ छ । प्रतियोगितामा देशभरका जुनसुकै स्थानबाट पनि सहभागिता जनाउन पाइने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार