नेपालमा नक्कली भुटानीबारे अनुसन्धानः गुप्तचर विभागका प्रमुख अमेरिकामा व्यस्त
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार ११:४१:२५
१० जेठ, काठमाडौं । नेपालमा नक्कली भूटानी शरणार्थी प्रकरण चलिरहेका बेला राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तीन सातादेखि अमेरिकामा रहेका छन् । यता नेपालमा अनुसन्धान शुरु हुनfसाथ उनी अमेरिका उडेका अहिलेसम्म नेपाल फर्केका छैनन् । जेठ १९ गते राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा अमेरिका गएका अहिलेसम्म फर्केका छैनन । थापा परिवारसहित कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा अमेरिका उडेका थिए । ‘नेपालमा नक्कली भूटानी शरणार्थी अनुसन्धान शुरु हुनसाथ उहाँ अमेरिका जानु भएको हो, अहिलेसम्म नेपाल फर्कनु भएको छैन’, अनुसन्धान विभागका एक अधिकारीले भने ।
सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने बेला भइसक्दा पनि उनी नेपाल आएका छैनन् । सरकारी वकिलको कार्यालयले आजै मुद्दा दर्ताको तयारी गरेको छ । तर उनी भने अमेरिकामा विभिन्न कूटनीतिक लविङमा रहेको स्रोतको दावी छ । माओवादी कोटाबाट प्रमुख भएका थापाले अमेरिकाले माओवादीलाई लगाएको आतंकवादीको चार्ज हटाउन उनले कूटनीतिक लविङ गरेपनि उनी सफल नभएको स्रोतको दावी छ ।
गत फागुनमा नेपाल सरकारले अमेरिकी जासुसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) का प्रमुख विलियम्स जोसेफ बर्न्सको नेपाल भ्रमणमा रोक लगाएपछि नेपालको गुप्तचर विभाग प्रमुख थापा अमेरिका पुगेर सीआईएका प्रमुखलाई पनि भेट्न खोजेका थिए । तर सीआईए प्रमुखले भेटघाटको समय नदिएको स्रोतको दावी छ । तत्कालीन समयमा सीआईए प्रमुख बर्न्सको भ्रमणका बेला अमेरिकी सेनाको जहाजमा २ हजार थान हतियार र अत्याधुनिक गाडीसमेत ल्याउन लागिएको थियो । बर्न्सको भ्रमणसँग ती हतियार पनि उतै रोकिएका थिए । बर्न्सको जहाजसँगै ल्याउन लागिएका हतियार नेपाली सेनाले खरिद गरेको थियो ।
फागुनमा प्रचण्ड नेतृत्वको सरकारले उनको भ्रमण रोकेको थियो । अहिले माओवादी पार्टीलाई लागेको आतंककारी चार्ज हटाउन नेपाल सरकारको अघोषित दूत बनेर गएका थापालाई त्यहाँका प्रमुखले समय छैन भनेर समय दिएका छैनन् । ‘धेरै दिन भयो उहाँ अमेरिका आउनु भएको तर अहिलेसम्म यतै हुनुहुन्छ’, नेपालस्थित अमेरिकी दूतावासका एक कर्मचारीले भने । उनका अनुसार पारिवारिक भ्रमण भने पनि उनी परिवारिक भ्रमणमा नरहेको र कूटनीतिक रुपमा चलखेल गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार