श्रेष्ठ र पोखरेलको दवावमा अदालत नपुगी बयान छरपष्ट, मूख्य अभियुक्तभन्दा प्रहरीको अनुसन्धान फरक
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १३:७:५६
१० जेठ, काठमाडौं । नेपालीलाई नक्कली शरणार्थी बनाए अमेरिका पठाउने भन्दै करोडौं रकम असुली गरिएको आरोपमा पक्राउ परेकाहरूको बयान सुनियोजित ढंगले बाहिर छरपष्ट भएको पाइएको छ । अरोपीहरुको बयान लिने जिम्मेवार निकाय प्रहरी र सरकारी वकिलको कार्यालयबाट बयान सार्वजनिक भएपछि नेपाल प्रहरी र सरकारी वकिलको कार्यालयले सरकारी गोपनीयता भंग गराएको गम्भीर आरोप लागे पनि यो सुनियोजित रुपमा भएको देखिएको छ ।
सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता नगरी पक्ष र विपक्षका वकिलहरूले समेत बयानबारे जानकारी लिन पाउँदैन । तर, बयान एकाएक बाहिरिएको छ । यो बयान बाहिरिनुमा सरकार थोरै पनि गम्भीर देखिएको छैन । बरू सरकारका जिम्मेवार अधिकारीहरू नै यसलाइ राजनीतिक चालकाे रूपमा उपयाेग गराएर स्टण्टबाजी गरिरहेका छन् । अभियुक्तहरूकाे बयान बाहिरपछि ठगी प्रकरणमा मुख्य रकम असुल गर्ने भन्दा प्रहरीको अनुसन्धान पनि धेरै पर भएको देखिएको छ ।
बयानमा आरोपीहरुले पूर्वगृहमन्त्री रामबहादुर थापा, पूर्वगृहसचिव प्रेमकुमार राई र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई मुख्य दोषी भनेका छन् । उनीहरूलाई गृहमन्त्रालय र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मात्रै कराेडाैं रकम बुझाएको उल्लेख छ । पक्राउ परेका आरोपीहरुको बयानलाई आधार मान्ने हो भने प्रहरीले सुरुमै थापा, राई र बज्राचार्यलाई समाउनुपर्ने हो । तर, उनीहरुमाथि सामान्य अनुसन्धानसमेत प्रहरीले गरेन ।
सार्वजनिक भएको ओरोपीको बयान अनुसार नेपाल प्रहरीको अनुसन्धानमा पनि प्रश्न उठेको छ । यसले प्रहरीले वास्तविक अपराधीसम्म पुग्नुभन्दा अरूलाई नै अपराधी बनाएर कारबाही अगाडि बढाएर वास्तविक अपराधीलाई ढाकछोप गर्दै आएको रहेछ भन्ने पुष्टि भएको छ । यति मात्र हैन नेपाल प्रहरी संगठनभित्र धेरै इमानदार अधिकृतहरू पनि छन् तर यो मुद्दाले उनीहरूको शाख गिराएको छ भने प्रहरी संगठनभित्र बिद्रोह हुने स्थिति पनि देखिएको छ ।
लामो समय लगाएर प्रहरीले गरेको अनुसन्धानको बयान छरपष्ट हुँदा प्रहरीको चेन अफ कमाण्डमाथि पनि प्रश्न उठेको छ । यसरी अदालत नै नपुगी बयान बाहिरिएको जिम्मा प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान शाखा र उपत्यका प्रहरी प्रमुखले लिनुपर्ने हो । जिम्मेवारी मात्र हैन यति ठूलो गल्तीमा विभागीय कारबाही समेत नगर्ने नेतृत्वले पदबाट राजीनामा नै दिनुपर्ने प्रसंग पनि उठ्न थालेका छन् ।
बयान बाहिरिनुको मुख्य जिम्मा गृहमन्त्रीले लिनुपर्ने हो । अहिलेको प्रकरणमा सबैको चेन अफ कमाण्ड भनेका गृहमन्त्री हुन् । तर, गृहमन्त्री नारायाणकाजी श्रेष्ठ र महान्यायाधिवक्ता दिनमणी पोखरेल नै बयान सार्वजनिक गराउने प्रमुख पात्र भएको बताइएको छ । यो बयान अदालत पुग्नु अगाडि नै सार्वजनिक गरेर नेकपा एमालेसँग प्रतिशोध लिने एक ग्राण्ड डिजाइन नै भएको कतिपयले बताउन थालेका छन् ।
माओवादी नेतृत्वमा सरकार भएकाले सरकारी अभीष्ट पुरा गर्नका लागि र नेपाल प्रहरीको नेतृत्वलाई कमजोर देखाएर नेतृत्वमा आफू निकटका अधिकारीलाई पुर्याउन गृहमन्त्री श्रेष्ठ र महान्यायाधिवक्ता पोखरेलको मिलेमतोमा बयान बाहिर ल्याएको बताइन्छ । उच्च प्रहरी स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने पक्षमा देखिएका छन् । यही बयानमा जबरजस्त दाेषी करार गर्न खाेजिएका प्रहरी प्रमुख वसन्त कुँवरलाई हटाउने प्रपञ्चमा सरकार रहेकाे पाइएकाे छ ।
अर्को एमालेले यो प्रकरणमा प्रधानमन्त्रीलाई दवाव दिएको पनि देखिन्छ । एमाले अध्यक्ष ओलीले आफ्ना मान्छे नमुछ्न र मुछे सरकारबाट हट्नुपर्ने चेतावनी दिएका कारण अहिले आरोपीहरुले नाम पोलेका व्यक्तिलाई नसमातेर बयानलाई सार्वजनिक गरेर एमालेलाई जवाफ दिन खोजेको पनि स्रोतकाे भनाइ छ । किनभने तत्कालीन गृहसचिव प्रेमकुमार राई र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र पूर्वगृहमन्त्री रामबहादुर थापालाई बयानमा मुख्य दोषी देखाइएको छ । यसकाे भित्री चलखेलमा अख्तियार प्रमुख राईलाई हटाएर माओवादी निकट पर्व मुख्यसचिव लिलामणि पाैड्याललाई अख्तियार प्रमुख बनाउने खेलाे फड्काे प्रचण्डकाे रहेकाे छ ।
यही प्रकरणलाई देखाएर प्रधानमन्त्री प्रचण्डले अख्तियार दुरुपयोग अनसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई हटाएर उनको ठाँउमा पूर्वमुख्य सचिव लिलामणी पौडयाललाई लाने तयारी गरिरहेका छन् । प्रधानमन्त्रीले माआवादी लडाकुको शिविरमा भएको भ्रष्टाचारको छानविन हुनपर्ने माग संसदमा उठेपछि यसलाई रोक्न अख्तियार चलाउन खोजेका हुन् । अहिले लडाकु शिविरमा भएको भ्रष्टाचारको फाइलको खोजी पनि भइरहेको छ ।
यससम्बन्धी फाइन पहिले नै गायव पारिएकाले कुनै तहबाट भएपनि फाइल खोजेर माओवादीको लडाकु शिविर घोटालाकाण्ड सतहमा ल्याउने तयारी एक थरीले गरिरहेका छन् । बयान सार्वजनिक गर्दा ओलीको दवावमा एकाएक नक्कली शरणार्थी प्रकरणमा नबोलाइएका पूर्वगृहमन्त्री थापा, अख्तियार प्रमुख राईलाई समाउन दवाव बढ्ने र आफ्नो अभिष्ट पनि पुरा गर्न सकिने दाउमा प्रधानमन्त्री रहेका छन् ।
बयानमा एमाले सचिव टोपबहादुर रायमाझीलाई २८ असार २०७६ मा सातदोबाटो स्थित घरमा एक करोड ६० लाख रूपैयाँ नगद दिएको र अन्य बाँकी रकम ४० लाख छोरा सन्दीप रायमाझीलाई चेकबाट भुक्तानी पाउने गरी चेक काटिदिएको भनिएको छ । यसरी हेर्दा यो प्रकरणमा एमाले सबैभन्दा दाेषी देखिएको छ । बयानमा भनिए अनुसार र प्रहरीले अनुसन्धान बाँकी नै रहेको बताइरहेका बेला उनीहरूलाई पक्राउ गर्ने दवाव बढाउन पनि गृहमन्त्री श्रेष्ठ र महान्यायाधिवक्ता पोख्रेलले सरकारी वकिलको कार्यालयमार्फत बयान बाहिर ल्याएको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार