एनएससी काभा : कीर्गिस्तानले बङ्गलादेशलाई हरायो
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १२:५२:४१
१० जेठ,काठमाडौं । एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई पराजित गर्दै विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पहिलो खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । समूह ‘ए’ मा रहेका यी दुवै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन् । यस समूहबाट नेपाल र भारत एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् ।
आजको खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–११ र तेस्रो तथा अन्तिम सेट २५–२० ले हरायो । राष्ट्रिय खेलकुद परिषद्को सहयोग र नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । समूह ‘ए’ नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान छन् भने समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार