रास्वपाका सांसदले भने- ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीमाथि सोधपुछ गर्नुपर्छ’
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १२:५२:५०
१० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका आईजीलाई सोधपुछ गर्नुपर्ने बताएका छन् ।
बैठकको शून्य समयमा बोल्दै सांसद शिशिर खनालले प्रकरणमा प्रहरीको अनुसन्धानका क्रममा आईजीले अस्वभाविक गतिविधि गरेको भन्दै बोलाएर सोधपुछ गर्न माग गरे । पूर्वमन्त्री समेत रहेका खनालले संचारमाध्यममा आईजीको भूमिकामाथि प्रश्न उठ्ने गरी आइरहेको गतिविधिले निष्पक्ष छानबिनमा शंका उत्पन्न भएको बताए । हाल आईजी बसन्तबहादुर कुवँर छन् ।
अर्का सांसद स्वर्णिम वाग्लेले प्रकरणमा छानबिन र अनुसन्धान चलिरहेका बेला सरकारमा रहेका र बाहिर भएका ठूला दलका नेतृत्वबीच पटकपटक बैठक बस्ने र दोषीलाई छुट दिने तवरबाट चलखेल जारी रहेको उनले बताए ।
राष्ट्रकै बेइज्जती र अपमान हुने किसिमका प्रकरणलाई प्रभावित तुल्याउन ठूला नेताहरुले निष्कृट चुरफुरी गरिरहेका बताए । ‘प्रकरणमा निष्पक्ष अनुसन्धानलाई प्रभावित बनाउने किसिमबाट निकृष्ट चुरीफुरी चलाइरहेका छन्, कतिन्जेल चल्छ त्यो पनि हामी हेरिरहेका छौं’ सांसद वाग्लेले भने ।
आई कुँवर महान्यायाधिवक्ता दीनमणि पोखरेलबीच अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरमा टेकुमा पुगेर अनुसन्धान अधिकृतहरुसँग बैठक गरेको समाचार सार्वजनिक भइरहेको बेला सांसदहरुले यस्तो आवा उठाएका हुन् ।
त्यसअघि बोलेका सभापति रबि लामिछानेले प्रकरणमाथिको अनुसन्धान निष्पक्ष हुनेमा शंका र प्रश्न उठेको बताउँदै छानबिनका लागि संसदबाट संसदीय छानबिन समिति गठन गर्न माग गरे ।
राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले आईजी कुँवरलाई निलम्बन गरेर अनुसन्धान गर्न माग गरे । सर्वसाधारणलाई कानून लाग्ने तर ठूला र पदमा बस्नेहरुलाई अनुसन्धानमा नल्याउने भए दुई थरी कानून लेख्नु आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार